वीरगन्ज, २४ भाद्र । पर्यटन व्यवसायलाई विकास गर्ने र होटल व्यवसायलाई व्यवस्थित र थप स्तरोन्नती गर्दै जाने उद्देश्यले वीरगन्जमा पर्यटन तथा होटल व्यावसायी संघ पर्साको गठन गरेको छ । नवगठित संघको अध्यक्षमा बुद्धि प्रसाद पन्त (हरि) चयन भएका छन् । त्यस्तै अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा रचिन्द्र सिहं थापा, उपाध्यक्षमा क्षेत्र बहादुर श्रेष्ठ (कुमार), सचिवमा कुल बहादुर बस्नेत (माधव), सहसचिवमा प्रकास पाठक र कोषाध्यक्षमा पुष्पलाल श्रेष्ठलाई चयन गरिएको छ । वीरगन्ज नाकाबाट पर्यटकहरु आवत जावत गर्ने भएकोले यहाँको होटल व्यवसाय पारम्परिक ढंगबाट मात्रै चलिरहेकोले यसलाई आधुनिक शैलीमा विकास गरी पर्यटकहरुको गन्तव्यस्थलको रुपमा आकर्षित गर्नको लागि पनि संघ आवश्यक रहेकोले गठन गरिएको अध्यक्ष पन्तले बताए । आर्थिक नगरी र प्रदेश नम्बर २ को एकमात्र महानगरपालिकामा बाहिरबाट आएका पाहुनाहरुले सर्वसुलभ र आरामदायी वास बस्नको लागि उपयुक्त र वीरगन्जलाई पनि बाहिर चिनाउको लागि अब होटल व्यवसायी संघले पहल गर्ने पन्तले प्रतिबद्धता जनाए ।