×

वीरगन्ज १५ असाेज । वीरगन्ज महानगरपालिका–८ का वडाध्यक्ष राजकिशोर गुप्तालाई आफ्नै कार्यालयका कर्मचारी मेघराज श्रेष्ठले हातपात गरेका छन् । सहायक सचिव मेघराज निर्धारित समयभन्दा ढीलो कार्यालय आएपछि विवादबीच मेघराजले अध्यक्षलाई हातपात गरेका हुन् ।आइतबार बिहान साढे ११ बजे आएका साहयक सचिव श्रेष्ठलाई वडा अध्यक्ष गुप्ताले ढीलो किन आएको भनेर हप्काए । विवाद केहीबेर विवाद भएपछि श्रेष्ठले गुप्तालाई धक्का दिदै हातपात गरेका हुन् ।बिहान १० बजे नै कार्यालयमा पुग्नुपर्ने कर्मचारी श्रेष्ठ, ढीलो गरी साढे ११ बजे पछि उनीहरुबीच केहीबेर भनाभन भयो । श्रेष्ठ सधैँजसो कार्यालयमा ढीलो आउने गरेको र आइतबार पनि ढीलो आएपछि अध्यक्ष रिसाएको प्रतत्यक्षदर्शी सेवाग्राही बताउँछन् । अध्यक्ष गुप्ताले श्रेष्ठले औंला देखाउँदै धक्का दिएपछि प्रतिकार गरेको बताउँछन् ।सहायक सचिव श्रेष्ठले भने आफूले गल्ती गर्दा पनि वडाध्यक्षले जङ्गिएर अपशब्द प्रयोग गर्दै बाहरिबाट ढोका बन्द गरेर कार्यकक्षभित्र थुन्न खोजेपछि प्रतिकारमा धक्का दिँदै बाहिर निस्किएको बताएका छन् ।

Back to top