×

वीरगन्ज ८ पुस । माईस्थान विद्यापीठ मा.वि का प्रधानध्यापक विनोद मेहताको विरगंज महानगरपालिकाले सरुवाको लागी पत्रचार गरेपछि सो विद्यालयमा अध्यन्रत २५ सय छात्रछात्राहरु तथा विद्यालयका सयौँ कर्मचारीहरुले विरोध जनाएका छन् । साथै मेयरका मित्र वडा नं.९ का वडा अध्यक्ष बसन्त भक्कर पनि तथा श्री माईस्थान विद्यापीठ मा.वि का व्यवस्थापन समितीका अध्यक्ष मधु सुदन लगायतका शिक्षकहरुले विनोद मेहता प्रति भएको सरुवाको निर्णय यदि फिर्ता लिएन भने आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

अरु त परै जावस विद्यालयका साना साना नानीहरुपनि मेयरको विरोध प्यलेकाडलिएर नानाथरिका मेयरको विरोधमा विरोध गरेका छन, विद्यालयका बालकहरुको विरोध देखेर मेयरका एक आफन्त भने मेयर आफनो बुवाको सपना पुरा गर्र्दै छन ।

यसै सन्दर्भमा वडा नं.९ का अध्यक्ष बसन्त भक्करसँग सोध्दा एस.ई.ईको परिक्षा नजकिएकोले सरुवा गर्न नमिल्ने तर पर्साका एक फोरम नेताका दबाव र उनले लाखै रुपैया लिएर मेयरमा दबाव बनाएका कारण मेयर नपुस्तक बनेका कारण यस्ता दबाव बनाएका छन । व्यवस्थापक समितीका अध्यक्ष मधुसुदन सँग सोध–पुछ गर्दा कुनै हालतमा पनि हामी सरुवा हुन दिन्दैनौँ भन्ने बताएका छन् । यसै विवादको कारण विरगंज महानगरपालिकामा बसेको बैठकमा नगर प्रमुखले बताए सरुवा निशचीत भएको छ, केहि दिन रुकौला तर, एक देखी डेढ महिना पछि सरुवा हुनु पर्ने प्रक्रिया अगाडि बढाउने बैठकमा सहभागी मधु सुदनले बताए । प्रधानध्यापक विनोद मेहताको सरुवा श्री माईस्थान विद्यापीठबाट सुखचैना स्थीत रहेको विद्यालयमा गरिएको जानकारी विद्यार्थीहरुमा भएपछि आक्रोशीत विद्यार्थी र विद्यालयका शिक्षक, शिक्षिका र व्यवस्थापक समितीले विरगंज महानरगपालिकाका मेयर विजय सरावगीको विरुद्धमा नारा बाजी समते गरिएको थियो ।

Back to top