×

वीरगन्ज १२ माघ । गैरआवासीय नेपाली संघका पूर्व–अध्यक्ष उपेन्द्र महतोले जहाँ–जहाँ हात हालेका छन, ती सबै ठाउँमा विवाद हुने गरेको छ । बाबा रामदेवलाई वीरगन्ज बोलाएर भब्य योग सिविरको आयोजना गरि बाराको प्रसौनीमा पतंजली आयुर्वेद उद्योगको उदघाटन राष्ट्रपति विद्यादेवी भन्डरीसंग गराइएको थियो । योगको नाउमा सर्वसाधारण जनतालाई वेवकुफ बनाइ आफ्नो व्यापार चम्काउने उदेश्यले विजयकुमार सरावगीलाई प्रयोग गर्न उपेन्द्र महतो सफल भएता पनि आर्युवेद उधोगले गति लिन सकेन ।उद्योगको वाहानामा भारतबाट पांच आर्ब भन्दा वढी काला धन भित्रयाउन सफल भएका उपेन्द्र महतोकै योजनामा पुन नेपालमा पहिलो पटक हुन गइरहे्को गायत्री अश्वमेद्य यज्ञ गरिदै छ ।अन्तरराष्ट्रिय माफियाकै रुपमा चिनिने महतोले यज्ञको बहानामा भारतीय राजनितिमा पैठ बढाउदै पुन ठुलो काला धन भित्र्याउने चहलखेलमा लागेको समाचार श्रोतको दावी समेत रहेको छ ।

यतिमात्र होइन बेलारुसका लागि नेपालका अवैतनिक महावाणिज्य दूत महतो पछिल्लोपटक पनामा पेपर्स नेपाललिक्सले हालै सार्वजनिक गरेको प्रतिवेदनमा परेका विवादास्पद व्यक्ति हुन् । पनामा पेपर्स सार्वजनिक भएपछि उनले आफूले त्यसरी विदेशमा खाता खोलेर कारोबार गरेको स्वीकारेर वक्तव्य जारी पनि गरिसकेका छन् ।

सरकारको आधिकारिक प्रतिनिधिले सरकारको स्वीकृतिविना त्यसरी खाता खोलेर विदेशमा कारोबार गर्न पाइँदैन । यसमा सरकारले कानुनी प्रक्रिया अघि बढाउने हो भने उनलाई हत्कडी लाग्नसक्ने कानुनका ज्ञाताहरु बताउँछन् । जतिबेला उनी गैरआवासीय नेपालीसंघको नेतृत्वमा थिए, त्यतिबेला संघको विधानको विवाद भयो । विवादकै बीचमा उनले विदा पाए ।

बहिनी जुली महतो र ज्वाइँ रघुवीर महासेठलाई एमालेको राजनीतिमा पठाए । ज्वाइँ महासेठलाई एमालेको सिफारिसमा मन्त्री बनाए । युटीएलमा उनै महासेठको नाममा २० प्रतिशत सेयर किने । यही कारण युटीएल उठ्नै नसक्ने गरी थला परेको छ । महासेठ मन्त्री भएको बेला सञ्चार मन्त्रालयले गरेका नीतिगत बेइमानीपूर्ण निर्णय सच्याउने आँट अहिलेसम्म कुनै सञ्चारमन्त्रीले गरेका छैनन् । उनै महासेठका नाममा नयाँ बसपार्कमा कान्तिपुर मल सञ्चालन गरे । त्यसमा भएको घोटालाले अहिलेसम्म काठमाडौंका पूर्वमेयर केशव स्थापितले राजनीतिक रुपमा टाउको उठाउनसकेका छैनन् । एमालेका नेता वामदेव गौतमसँग महतोको नाम जोडियो । एमाले विभाजन गर्न २०५४ सालमा उनले लगानी गरेको कुरा सार्वजनिक हुँदै आएको छ ।

भाइ वीरेन्द्र महतोलाई उपेन्द्र यादवको मधेशी जनाधिकार फोरमको सिफारिसमा सभासद् समेत बनाएका थिए । उपेन्द्र महतोले पछिल्लो समय रुपज्योतिसँग मिलेर ग्राण्डी अस्पताल खोले । त्यसमा अवैध रुपमा कोख भाडा (सरोगेसी)मा लगाउने धन्दा सञ्चालन गरे । त्यो धन्दामा तत्कालीन मुख्य सचिव लीलामणि पौडेल विवादमा फसे, ग्राण्डी हस्पिटलको लगानीकर्ता समेत रहेका चर्चित अर्थोपेडिक्स डा. चक्रराज पाण्डे टाउको उठाउन नसक्ने गरी समस्यामा परेका छन् । महतोले सरोगेट्स बेबीको धन्दामा सबै रकम एकलौटी रुपमा चप्काएको व्यहोरा सार्वजनिक भएको छ ।

यस्ता भ्रष्टव्यक्तिलाई गायत्री अश्वमेद्य महायज्ञ जस्तो पवित्र कार्यको अध्यक्ष बनाउनुको पछाडि नगरपिता विजय कुमार सरावगीको पनि स्वार्थ लुकेको चर्चा गरिदै छ ।वीरगन्जका ठुला औधोगीक घरानियाहरुको ठुलो आर्थिक सहयोगबाट नेपालमै पहिलो पटक सम्पन्न हुन गइरहेको गायत्री महायज्ञको सहभागीता र सफलता प्रति विभिन्न क्षेत्रबाट प्रश्नहरु उठन थालेको छ ।

Back to top