×

वीरगंज, १६ माघ । वीरगंजमा आज शहिद पार्कको शिलान्यास गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बुधबार बिहान संयुक्त रुपमा शहिद पार्कको सिलान्यास गरेका हुन् ।

प्रदेश २ को सरकारले शहरि विकास तथा भवन कार्यालय वीरगंज पर्साबाट शहिद पार्क बनाउन लागेको हो । प्रदेश सरकारले ७५ लाख रुपैया पार्क बनाउन बिनियोजन गरेको छ ।

वीरगंजमा शहिद पार्कको शिलान्यास कार्यक्रममा पर्सा क्षेत्र नं. १ का सासद प्रदिप यादव, प्रदेश नं.२ का सभास्द पहलाद गिरी, रमेश पटेल, नेता शिव पटेल लगायतले संबोधन गरेका थिए ।

यता वीरगंज महानगरपालिका मेयर विजय सरावगी मधेशी शहीद पार्क शिलान्यासको विरोध गरेकोले मेयर सरावगी मधेशी शहीदको अपमान गरेको भन्दै उनलाई शिलान्यास कार्यक्रममा नबोलाईएको कार्यक्रममा सहभागी एक नेताले भने ।

बुधबार १५ गते शहरि विकास तथा भवन कार्यालय वीरगंज पर्साबाट वि.पी. उद्यानको जग्गामा मधेशी सहिद पार्कको शिलान्यास गर्ने पत्रचार महानगरपालिकालाई गरे पछि लगतै वीरगंज महानगरपालिका मेयर विजय सरावगी र नेपाली कांग्रेस, पर्साले त्यसको विरोध गर्दै तत्कालको लागि शिलान्यास कार्यक्रम स्थगित गर्न माग समेत गरेका थिए ।

https://www.facebook.com/yatradaily/videos/556287034846892/

Back to top