वीरगन्ज,७ फागुन । राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सव कार्यक्रममा पर्साका संचारकर्मी बिजय कुमार महतो( चौहान) संम्मानित ।
राष्ट्रिय समाचार समिति प्रदेश नं. २ले मंगलबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं. २को उत्कृष्ट फोटो पत्रकारको रुपमा राससका पर्सा जिल्ला समाचारदाता चौहानलाई प्रमाण–पत्र तथा नगद सहित सम्मानित गरिएको हो ।
राससको बुलेटिङमा समावेश गरिएको तस्विर मध्य प्रदेश नं. २बाट चौहानको तस्विर उत्कृष्ट चयन भएपछि उनलाई प्रदेश नं. २का संघीय मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र यादवले नगद पाँच हजार र प्रमाण पत्र सहित सम्मानित गरिएको हो ।
रासस प्रदेश नं. २का कार्यालय प्रमुख महिमान्सु चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि यादवले स्वदेश तथा विदेशमा अहिलेपनि सहि सामाचारको मुख्य श्रोतको रुपमा रासस रहेको विचार व्यक्त गर्नुभयो। उहाँले राससले प्रकासित गरेको समाचार प्रति सबैले आँखा चिम्ली विश्सान गरेको र यस्तो विश्वासिलो आधार नेपालमा अरु कुनै संचार माध्यमको नरहेको प्रस्ट पार्नु भयो ।
विगत दश वर्ष देखि राससमा आवद्ध भई पर्सा जिल्ला प्रतिनिधीका रुपमा कार्य गर्दै आएका संचारकर्मी चौहान राससको ५१ औं बार्षिकोत्सवका अवसरमा मध्यमाञ्चल विका क्षेत्रबाट उत्कृष्ट समाचार दाता र ५४ औं बार्षिकोत्सवको अवसरमा मध्यमाञ्चल विकास क्षेत्रका उत्कृष्ट फोटो पत्रकारको रुपमा राससबाट पुरुस्कृत भइ सकेका छन् ।