वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ६ को पहलमा सञ्चालन गरिएको ४५ दिने सिलाइ–कटाइ तालिम आइतबार सम्पन्न भएको छ। तालिम समापनका अवसरमा वडा अध्यक्ष जयप्रकाश शाह अग्रवालले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
महिलाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरूले सिलाइ–कटाइसम्बन्धी व्यावहारिक सीप हासिल गरेका थिए। तालिम पूरा गरेपछि सहभागी महिलाहरू उत्साहित देखिएका थिए भने प्राप्त सीपलाई आयआर्जनसँग जोड्ने विश्वास व्यक्त गरेका थिए।
तालिम सञ्चालनका क्रममा वडा सदस्यहरूको पनि उल्लेखनीय भूमिका रहेको थियो। समापन कार्यक्रममा वडा सदस्यहरूको समेत सहभागिता रहेको थियो।
स्थानीयवासीहरूले वडा अध्यक्ष जयप्रकाश शाह अग्रवालले महिलाको क्षमता विकास तथा सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्दै आएको बताएका छन्। यस्ता कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउन तथा रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।