वीरगन्ज १२ चैत । नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने करोडौ रकम मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ता र मालपोत कार्यालय कलैयाका लेखा प्रमुख युगलकिशोर ठाकुरको संयूक्त बैक खातामा जम्मा भएको भेटिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो सोमवार मालपोत कार्यालय कलैयामा छापामारी लेखा प्रमुख युगलकिशोर ठाकुरलाई प्रकाउ गरेपछि अनुसन्धानका क्रममा सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने रकम गुप्ता र ठाकुरको बैंक खातामा भेटिएको हो ।
कलैया मालपोत कार्यलयका लेखाप्रमुख ठाकुरले यसअघि २०७५ पुष मसान्तसम्म सिमरा मालपोत कार्यालयको लेखा प्रमुखको समेत जिम्मेवारी सम्हाल्दै आएका थिए । हाल अनुसन्धानका क्रममा ठाकुर र गुप्ताको मिलेमतो भेटेपछि आयोगले उनिहरुको बैक खाता समेत चेकजाँच गरेको थियो ।
गैह्रकानुनी क्रियाकलापमा ठाकुर र गुप्ताको अत्यन्त निकटको सम्वन्ध देखेपछि बैक खाता चेक जाँच गर्दा नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने करोडौ रुपयाँ ठाकुर र गुप्ताको व्यक्तिगत खातामा जम्मा भएको भेटिएको आयोगले जनाएको छ ।
‘अनुसन्धान क्रममा नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने करोडौ रुपयाँ लेखाप्रमुख ठाकुर र सिमरा मालपोत कार्यालय प्रमुख गुप्ताको संयूक्त बैक खातामा जम्मा भएको हामीले भेट्यौ’ आयोगको उच्च श्रोतले भन्यो ‘हामीले अहिले ठाकुरलाई प्रकाउ गरी अनुसन्धान शुरु गरिसकेका छौ ,गुप्तालाई भने खोजिरहको छौ , जहाँ भएपनि ढिलो चाँडो नियन्त्रणमा लिन्छौ’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय टोलीले हिजो सोमवार मालपोत कार्यालय कलैयाका लेखा प्रमुख ठाकुरलाई कलैयास्थित उनकै डेरावाट २४ लाख ९२ हजार रकम सहित प्रकाउ गरेको छ । आयोगको टोलीले सोमवार कलैया मालपोत कार्यालयमा छापा मारेको थियो ।
आयोगवाट खटिएका प्रहरी निरीक्षक लक्ष्मण खड्को टोलीले लेखाप्रमुख ठाकुरलाई हिजो साँझ श्रोत नखुलेको २४ लाख ९२ हजार नगद रकम सहित प्रकाउ गरेको हो ।
अनुसन्धानका क्रममा लेखाप्रमुख ठाकुर र मालपोत कार्यालय सिमराका प्रमुख गुप्ताले लेखापढी व्यवसायी र जग्गा दलालहरुसँग मिलेर ग्रैहकानुनी रुपमा जग्गा वेचविखन गरी अकुत सम्पति आर्जन गरेको भेटिएको आयोगले जनाएको छ ।
अनुसन्धानकै लागि भन्दै आयोगले सिमरा मालपोतका प्रमुख गुप्ताका निजी सवारी चालकलाई प्रक्राउ गरी उनको घरवाट कलैया र सिमरा मालपोत कार्यालयका २ बोरा कागजपत्रहरु समेत जफत गरेको छ ।
आयोगले पछिल्लो समय विरगञ्ज मालपोत कार्यालय शुरु गरेको अनुसन्धान कार्य सिमरा मालपोत हुदै कलेैयामा पनि हिजोदेखि शुरु गरेको छ ।
मालपोत कार्यालय सिमराका प्रमुख गुप्ताको अनुसन्धानका क्रममा उनले गरेका ग्रहैकानुनी गतिविधिहरु यि तिनवटै मालपोत कार्यलयसँग जोडिएका छन् । यसअघि मालपोत कार्यालय विरगञ्जको राजस्व फाँटमा रहदाँ ठुलो आर्थिक हिनामिना गरेको आरोपमा आयोगको टोलीले गुप्ताको खोजी शुरु गरेपछि गुप्ता फरार भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय बाराले पनि छानविन तथा कारवाहिको माग गर्दै फागुन २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा आयोगको केन्द्रिय टोलीले फागुन ३० गते सिमरा मालपोत कार्यलयमा छापा मारी अनुसन्धानका लागि सम्पूर्ण कागजपत्र जफत गरेको थियो
‘अनुसन्धानका क्रममा मदन गुप्ताले विरगञ्ज मालपोतमै रहदाँ जग्गा दलालीसँग मिलेर किर्ते कागज बनाएर जग्गा बेचबिखन गरेको, ठुलो आर्थिक कारोवार भएको रष्जिटेशन नं फेरबदर गरेर कम कारोवार भएको देखाएको जस्तो अनेको फल्स भेटिएका छन्’
आयोग श्रोतले भन्यो ‘विरगञ्ज मालपोतको अनुसन्धान वाटै गुप्तालाई प्रक्राउ गर्ने आधार र प्रमाणहरु धेरै छन’