वीरगन्ज २७ चैत । देशभक्त राजभक्त देवक समुहका अध्यक्ष स्व.पशुपति रौनियारको श्रद्धाञ्जली सभा आज एक कार्यक्रम गरि मनाईएको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणी एवं जिल्ला परिवार बीरगंजले माईस्थान पार्कमा आयोजना गरेको श्रद्धाञ्जली सभामा स्व. रौनियारको तस्विरमा माल्यार्पण गर्दै दिप प्रजवलीत गरिएको थियो । सरोकार मंचका संयोजक नन्दकिशोर गोयलले स्व.रौनियारलाई मर्नोप्रान्त दोसल्ला ओढाई सम्मान स्वरुप उनका छोरा दिपेन्द्र रौनियालाई दोसल्ला हस्तान्तरण गरिएको मंचका प्रेस संयोजक प्रणय कुमारले बताउनु भयो । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समिती बाराका अध्यक्ष महमद सतार अंसारी, पर्सा अध्यक्ष दिना यादव, राप्रपा संयुक्तका केन्द्रिय सदस्य रामबहादुर थापा, नेपाल बिद्धवत परिषदका रामनारायण साह, राष्ट्रवादी युवा समुहका अध्यक्ष बिरेन्द्र थापा, ज्योतीष सम्राट पण्डित पुरुषोतम दुवेले स्व. रौनियारको जिवनीका वारेमा चर्चा गरेका थिए । मंचका सचिव मकबुल मियाँ बरई, जिल्ला अध्यक्ष सुनिल यादव, नगर अध्यक्ष उपेन्द्र चौरसिया, प्रभात काव्य यात्राका संयोजक अरुणबिक्रम शाह, रामअयोध्या प्रसाद कुर्मी, सिंहाशन पण्डित लगायतको उपस्थिती रहेको थियो । स्व.रौनियारको चैत्र १५ गतेका दिन उपचारका क्रममा ८५ बर्षको उमेरमा निधन भएको थियो । तत्कालिन राजा महेन्द्र शाहबाट दक्षिण गोर्खाबाहु लगायतका बिभिन्न रत्नबाट समेत सम्मानित हुनु भएका स्व. रौनियार राजसंस्था स्थापनाका लागि लामो समय देखि संघर्ष गर्दै आउनु भएका थिए ।
