वीरगन्ज २७ चैत । पर्सा जिल्लाको पोखरीया नगरपालिका वार्ड न. ९ मा सामुदायिक भवन शिलान्यास गरिएको छ ।
प्रदेश नं. २ का भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले आज एक कार्यक्रम बिच पर्सा जिल्लाको पोखरीया नगरपालिका वार्ड न. ९ मा सामुदायिक भवन शिलान्यास गरेका छन ।
पोखरी नगरपालिकाद्वारा ५० लाख रुपैया बिनियोजन गरिएको सामुदायिक धर्मशाला कार्यक्रमको मन्त्री जितेन्द्र सोनलद्वारा बिधिवत पुजा आर्जन गरि शिलान्यास गेका हुन ।
कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर दिपनारायण साह रौनियारको अध्यक्षतामा राजपा नेपालका सहमहामन्त्री नेजामोदिन समानी, श्रीराम गिरि देवानन्द यादव, राजेश साह, मुनि श्रीवास्तव, बद्री चौरसिया, लगायत स्थानीय विभिन्न राजनिती दल नेता हरुको उपस्थित रहेको थियोे ।