प्रधानमन्त्रि नरेंद्र मोदीको पाँच वर्षको कार्यकाल पूरा भयो । भारतमा लोकसभाको चुनाव हदै छ । नेपालको लागि मोदी सरकारको कार्यकाल कस्तो रहेयो र आउने दिनमा कस्तो सम्भावन छ । यस बिषयमा नेपाल भारत सहयोग मंचको केन्द्रिय अध्यक्ष अशोककुमार वैधसंग यात्रा डेलीले गरेको कुराकानीको सम्पादित अंस ।
तपाई नेपाल भारत सहयोग मंचको केंद्रीय अध्यक्ष भएको नाताले पच्छिलो पाँच वर्षको नेपाल भारत सम्बन्ध कसरी हेर्नु भएको छ ?
पिछीलो पाँच वर्षमा नेपाल भारतको सम्बन्धमा केही तलमाथी भएतापनि दुबै देशको सम्बन्ध धेरै राम्रो छ । भारत र नेपाल विच दुवै देशको सम्बन्धलाई थप बल पुर्याउने कयौं सम्झौताहरु भएका छन् साथै पर्यटकीय हिसाबले नेपालमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ ।
नेपाल र भारतको सम्बन्ध कस्तो छ ?
नेपाल र भारत मित्रता एवं सहयोगको अद्वितीय सम्बन्धलाई साझा गरेको छ, दुई देशका मान्छेहरु परस्पर प्रगाढ़ नातेदार एवं सांस्कृतिक सम्बन्ध प्रष्ठ देखिन्छ । नेपाली नागरिकहरु बिना वर्क परमिट भारतमा कार्य गर्न, सरकारी जागिर तथा सिविल सेवाको लागी आवेदन दिन सक्ने सुबिधा उपल्बध छ । लगभग ६ मिलियन नेपाली नागरिक भारतमा निवास तथा कार्यरत छन, दुबै देशको सीमाबाट यातायातमा कहिले पनि विशेष प्रतिबन्ध भएन, सीमा खुला र आवागमनमा कुनै पनि पासपोर्ट अथवा वीजाको जरुरी छैन । नेपाल र भारतको बिचमा ब्यपार घाट कसरी कम गरिन सकिन्छ यस विषयमा एउटा फाष्ट्रेक डेक्स होस जुन आई परेको समस्या तुरुन्त समाधान गरोस ।
भारतीय प्रधानमन्त्री नरेंद्र मोदीकोे कार्यकालमा नेपाललाई के उपलब्धि भयो ?
धार्मिक तथा नेपालको विकासमा सहयोग हुने भावनाले भारतीय प्रधानमन्त्रि चार चोटी नेपाल आए । भारतको प्रधानमन्त्रि नरेंद्र मोदी काठमाडौँमा पशुपतिनाथ धर्मशालाको उद्घाटन गरेका छन् । मुक्तिनाथ मंदिर जीर्णोद्धार तथा विकासमा सहयोग भयो । रामायण सर्किट, बुद्ध सर्किट र जैन सर्किट बनाउन सहमति भएको छ । नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागी जनकपुरमा मिथिला संग्रहालय बनाउन भारतीय पक्षले सहयोग गर्ने भएको छ । मोतिहारीबाट अमेलखगंज सम्म दुई देश बीच आयल पाइपलाइन विच्छयाउने काम पूरा हुदै छ । भारतको पूर्वी चंपारण जिल्लबाट रक्सौलबाट नेपालको राजधानी काठमाडौँ सम्म रेलवे लाइन विच्छ्याउन भारत र नेपाल बिच समझौता (एमओयू) को प्रस्तावमा हस्ताक्षर भएको छ । भारत नेपाल बीच न्यू जलपाईगुड़ी काकभिट्टा, नौतनवा भैरहवा र नेपालगंज रोडबाट नेपालगंजको बीच तीन रेलवे लाइनको प्रोजेक्टमा पनि काम भई रहेको छ । तराई क्षेत्रमा हुलाकी सड़कको निर्माण चार एकीकृत चेक पोस्ट्सको स्थापना लोडशेडिंग, बिधुत र जलबिधुतको क्षेत्रमा भारतको सहयोगबाट नेपाल बिधुत लोडशेडिंग मुक्त जस्ता काम भएको छ ।
नेपाल भारत सहयोग मंचको केंद्रीय अध्यक्ष भएको नाताले भारतमा आउने सरकार कस्तो बनोस र भविष्यमा नेपाल भारतको बिच कस्तो प्रकारको सहयोगको अपेक्षा राख्नु भएको छ ?
भारतमा जुन पार्टीको सरकार बनेपनि भारतको नेपाल प्रतिको दृष्टिकोणमा कुनै परिवर्तन आउने छैन किनभने नेपाल(भारतको सम्बन्ध राजनीतिक भन्दा पौराणिक छ जसलाई राजनीतिक बदलावले खासै असर पर्दैन । तर पच्छिलो पाँच वर्षमा प्रधानमन्त्रि नरेंद्र मोदीको सरकारले नेपालका लागि गरेको कार्यलाई हेर्ने हो भने नेपालको प्रगतिमा भारतीय लगानी बढाउन त्यहा पुन प्रधानमन्त्रि नरेंद्र मोदीका सरकार बन्नु आवश्यक देखिन्छ र मेरो व्यक्तिगत चाहना पनि प्रधानमन्त्रि नरेंद्र मोदी कै नै यस पलि सरकार बनु पर्छ । मोदीको कार्यकालमा नेपालमा विगत पाँच वर्ष मै धेरै ठुला ठुला परियोजनाहरु संचालन देखि कार्यन्वयनमा समेत आएका छन् । तसर्थ भारतमा पुनस् मोदी सरकार आए मात्र नेपालले अपेक्षित सहयोग पाउने छ ।
तपाइँ उद्योग वाणिज्य संघको अध्यक्ष भएको बेला तपाइँले गराउनु भएको बोर्डर सम्मिटको प्रभाव र फाईदाहरु के के भए ?
म उद्योग वाणिज्य संघको अध्यक्ष रहदा भारत र नेपाल बोर्डर सम्मिट कार्यक्रम भएको थियो जस्मा १५ बुदे सहमती भएको थियो सहमती पछि धेरै उपलब्धिहरु भएका थिए ति मध्ये सबै भन्दा महत्वपूर्ण नागरिक उड्डयनको क्षेत्रमा भएको छ । हाल नेपालमा रहेका विभिन्न विमानस्थलहरुको निर्माणमा भारतले आर्थिक र परामर्श सहयोग गर्दै आएको छ । साथै भारतका सांसद डा. संजय जैसवालको पाँच वर्ष कार्यकालमा म पटक(पटक भारतको राजधानी दिल्ली भ्रमणमा भारतका विभिन्न नेताहरु संग परार्मश भयो फलस्वरूप आज सिमावर्ती शहर रक्सौलमा रेल्वे ट्राक माथि आकाशे पुल निर्माण, रक्सौल रेल्वेलाइ पनि नयाँ रुपले विस्तार गरिंदै छ, रक्सौलमा विमानस्थलहरुको निर्माणमा र विमान संचाल गर्ने पहल , भारत(नेपाल विच रेल चलाउने जस्ता कार्य हुँदै छन् । यस कार्यहरुमा भारतका सांसद डा. संजय जैसवालको धेरै सहयोग गरे ।
भारतले राखेको मधेस प्रतिको धारणको बारेमा तपाइँको के विचार छ ? भन्नाले आज पनि भारत सरकारका लागि मधेस भन्दा पनि पहाडि क्षेत्र र जनता प्राथमिकतामा पर्नुको कारण के हो ?
तपाइँले सहि प्रश्न गर्नु भएको छ, भारत तथा विश्वका देशले नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । भारत तथा विश्वका देशले नेपाल भनेको काठमाण्ढौलाई नै नेपाल मन्छन । यस्को लागि हाम्रो नेपाल सरकार दोसी हो वीरगन्जलाई आर्थिक राजधानी नाम दिएको छ तर नेपाल सरकारले कागजी रुपमा मानेता दिएको छैन न भारत तथा विश्वका देशलाई वीरगन्जलाई आर्थिक राजधानी भनेर चिनाएको छैन । आज पनि भारत तथा विश्वका देशका राजनीतिज्ञ कुटनितिक देखि कर्मचारीहरुले नेपाल भनको काठमाडौँलाई नै बुझ्ने गरेका छन, जसलाई परिवर्तन गर्नु पर्छ किनभने नेपालको एउटा ठुलो भूभाग मधेस हो र यहाँ बस्ने नागरिक मधेसी समुदायका हुन् जुन कुरा आज विश्वव्यापी रुपमा संसारका कयौं देशले आत्मसात गरिसकेको छ । यस समस्यालाई समाधान गर्न म आफ्नो व्यक्तिगत र नेपाल भारत सहयोग मंचको तर्फबाट हरेक प्रयास गर्दै र गर्ने छु ।