×

 दामोदर अर्याल 

हो नानि !
तिमिले ठिकै भन्यौ,
"क्षेपारा जस्तै मौसमी रङ्ग बदल्ने बादरहरुको निश्चित परिवेश हुदैन"

त्यसैले त !
तिमिले राप्रपा देखि एमालेसम्म भ्याएकी छौ,

हो नानी !
तिमिले ठिकै भन्यौ,
"बादरहरुको निश्चित भेष हुदैन"

त्यसैले त !
तिम्रा पश्चिमा जगल्टे कपालहरुले नेपाली छोरि चेलिहरुको प्रतिनिधित्व गर्दैन ।
हो नानी !

तिमिले ठिकै भन्यौ,
"बादरहरु खेती गर्दैनन् "
त्यसैले त !
तिमिले अर्काले बनाएको घरमा ढलिमलि गर्न पाएकी छौ ।

हो नानी !
तिमिले ठिकै भन्यौ,
"कर्मको कुटो नलगाउने ती बादरहरु"

त्यसैले त !
तिमी दरवारमा नाचगान गरिरहदा ती बादरहरु जनताको घरझुपडीहरुमा चेतनाको दियो बाल्दै हिडथे ।
हो नानी !

तिमिले ठिकै भन्यौ,
ती सङ्गठन बनाउनेहरु बादरै हुन ।
तिम्रो पो घरजम छ र ! ती त बेवारिसे हुन ।

हो नानी !
तिमिले ठिकै भन्यौ ।

दामोदर अर्यालले सामाजिक सञ्जाल फेसबुकमा लेखेको कविता पढ्नुहोस् । 

 

Back to top