×

फाइल तस्विर ।

वीरगञ्ज, २८ असार । पर्साको  बहुदरमाइ नगरपालिकामा एक जना वृद्धको माछा पोखरीमा डुबेर मृत्युु भएको छ ।

मृत्यु हुनेमा बहुदरमाइ नगरपालिका वडा नम्बर ६ गम्हरिया बस्ने बर्ष ६५ को नगिना साह कानु रहेका छन् । 

प्रहरीचौकी महुवनका प्रहरी सहायक निरिक्षक अवधलाल साहका अनुसार गएराती दिशा गर्न गएका बेला उनको माछा पोखरीमा डुबेर मृत्यु भएको हो । 

स्थानिय रामनरेस साहको माछा पोखरीमा अवेरराति दिशा गर्न गएका उनि फर्केर नआएपछि उनलाई खोज्न जाँदा पोखरीमा उनको शव बरामद भएको थियो । 

प्रहरी घटना स्थलमा मुचुल्का गरि लाशको पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको प्रहरी सहायक निरिक्षक साहले बताए ।

Back to top