×

वीरगञ्ज ४ सावन । आज साउनको पहिलो सोमबार, हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । 


साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिव मन्दिरमा गएर पूजाआजा गर्ने गर्दछन् ।  

महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन छ । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेँलो बस्त्र तथा चुरा–पोते लगाएर शिवको पूजा गर्दछन् । 

दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यस पटकको साउन महिनामा पनि पाँच वटा सोमवार परेको छ ।

पाँचवटा सोमबार परेको साउन महिना झन् शुभ र पवित्र मानिन्छ । महिलाहरु ब्रत बसि पूजा गर्न शिव मन्दिरहरूमा जाने गर्दछन् । कोरोना महामारीका कारण यसवर्ष वीरगञ्जको अलखिया मन्दिरलगायत अन्य शिवालय खुला गरिएको छ । वीरगञ्जको अलखिया मन्दिरमा दर्शनका लागी महिला भक्तजनको भिड लागेको छ । 

Back to top