×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । बारामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।

बुधवार बेलुकी महागढीमाई नगरपालिका–९ पिपरा बिर्तामा खेतबाट घर फर्किने क्रममा चट्याङ लाग्दा स्थानीय १२ वर्षीय सञ्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोही घटनामा परेर ३० वर्षीय सरिता देवी दास घाइते भएकी थिइन् । उनको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार गरिएको र अवस्था सामान्य भएपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले वर्षायाममा चट्याङको जोखिम बढ्ने भएकाले खुला स्थानमा बस्दा तथा आवतजावत गर्दा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

Back to top