×

सांकेतिक तस्बिर ।

वीरगञ्ज । आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ हजार २०० रुपैयाँ र चाँदी १८० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधवार दुई लाख ७७ हजार ३०० सय रुपैयाँ किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी तोलाको चार हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधवार चार हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

Back to top