×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । नेपाली बजारमा आज सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ४०० रुपैयाँले घटेको हो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला चार हजार ३२५ रुपैयाँमा किनबेच भएको चाँदी आज १५ रुपैयाँले घटेर चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तनसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन् ।

Back to top