वीरगन्ज, असोज ०९ - देशको कान्छो महानगर र प्रदेश नम्बर दुईको एक मात्र महानगर; वीरगन्ज महानगरपालिकाको अधिकतम वडाहरूको मतपरिणामको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो मतगणनको मतपरिणाम अनुसार वीरगन्ज महानगरपालिकाको वडा नम्बर ७ मा संघीय समाजवादी फोरम नेपालले जित हासिल गरेको छ ।
फोरम नेपालको तर्फाबाट वडा अध्यक्ष पदका प्रत्यासी बसन्त कुमार अगरवल (बसन्त भक्कढ) आफ्नो निकटम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका हिराकाजी महर्जनलाई १८ मतको झिनो मतान्तरले पराजित गर्दै आफ्नो प्यानलका अधिक उम्मेदवारहरुका साथ् निर्वाचित भएका छन् । अगर्वालले ३ सय १८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्धी कांग्रेसका महर्जनले ३०० मत प्राप्त गरेका छन् ।
त्यस्तै वडाको महिला सदस्य पदमा २ सय ७३ मत प्राप्त गर्दै फोरम नेपालकी सुनिता देवी तुराह निर्वाचित भएकी छन् भने दलीत् महिला सदस्यमा ३ सय ९ मत ल्याउदै फोरम नेपालीकै राज कुमारी चमईन निर्वाचित भएकी छन् ।
त्यसैगरी खुल्ला तर्फाबाट वडाको सदस्यमा फोरम नेपालको तर्फाबाट २ सय ७२ मत ल्याउदै दीपक महतो धानुक निर्वाचित भएका छन् भने नेपाली कांग्रेसको तर्फाबाट २ सय ७६ मत ल्याउदै जितेन्द्र प्रसाद सिंह विजयी भएका छन् ।