संसारमा थाइराइड (थाइरोइड) का विरामीहरुको संख्या दिन प्रति दिन बढ्दै गइरहेको छ । विभिन्न अन्तराष्ट्रिय तथ्यांकहरुलाई मान्ने हो भने आज प्रत्येक १० व्यक्तिमध्ये ४ जना थाइराइडको समस्याबाट पिडित छन् । तौल बढ्नु र हार्मोनसमा हुने गडबडीले गर्दा थाइराइडको समस्या हुने गरेको छ । पछिल्लो समय नेपालमा पनि थाइराइड रोगिहरुको संख्या बढ्दै गएको छ । यो रोगबाट पिडित हुनेमा मुख्यतया महिला रहेको तथ्यांकले देखाउँछ । तर थाइराईड रोग लाग्दैमा आत्तिनु पर्ने अवस्था छैन । विज्ञान र प्रविधिको विकाससँगै यस रोगको उपचार सरल र सहज हुँदै गएको छ । सही समयमा थाइराईडको पहिचान गर्नसक्ने यसलाई झन् बढ्नबाट रोक्न सकिन्छ भने उपचार गर्न पनि सकिन्छ । रोगका लक्षण देखिन बितिकै चिकित्स्सकसँग परामर्श गरेर परिक्षण गराउँदै औषधी उपचार सुरु गर्न हामी चिकित्सकहरुको सुझाव हुन्छ ।
के हो थाइराइड र?
थाइराइड घाँटीको अघिल्लो भागमा अवस्थित एउटा ग्रन्थी हो । यो ग्रन्थीले थाइरोक्सिन (टी–३ र ट्राइआयोडो थाइरोनीन) टी–४ हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । हामीले खाएको खानालाई मेटाबोलिज्मले उर्जामा परिणत गर्छ र त्यो उर्जालाई तपाईको शरीरले सन्तुलित तरिकाले कार्य गर्न प्रयोग गर्छ । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपरथाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन हुनुलाई हाइपोथाइरोडिज्म् भनिन्छ ।
थाइराइड रोग कसलाई हुन्छ?
थाइराइड रोग जो कोहिलाई पनि हुन् सक्छ ( पुरुष, महिला, शिशु, किशोर र वृद्ध । केही व्यक्तिमा जन्मैदेखि थाइराइडको समस्या हुन्छ (सामान्यतया हाइपोथायरायडिज्म) भने केहीमा समयसँगै यो रोग विकास हुन्छ ९प्राय महिनावारी हुने समय पार गरी सकेको महिलाहरुमा० । पुरुषको तुलनामा महिलामा थाइराइड लाग्ने सम्भावना ८ गुणाले बढी हुने सम्भावना हुन्छ ।
कस्तो अवस्थामा थाइराइडको रोग लाग्ने जोखिम बढी हुन्छ?
परिवारमा कसैलाई पहिलादेखि थाइराईड रोगको समस्या छ भने वंसानुगत हिसाबले तपाईंलाई पनि थाइराइड हुने जोखिम हुन्छ । त्यसैगरी रगतको कमी भएको व्यक्ति, मधुमेह (चिनी), लुपस, अर्थराईटीस जस्ता रोगबाट ग्रसित भएको व्यक्तिलाई थाइराईड रोग लाग्ने समस्या हुने गरेको हामीले पाएका छौँ । त्यस्तै यदि तपाईले बढी आयोडिन भएको औषधी जस्तै एमीडरोन खाँदै हुनुहुन्छ भने पनि तपाईंलाई थाइराईड रोग हुन सक्ने सम्भावना हुन्छ । थाइराईड महिनावारी बन्द भएका र ६० वर्ष कटिसकेका महिलाहरुमा बढी हुन्छ । त्यस्तै पहिला थाइराईड अथवा क्यान्सर रोगको उपचार गराई सक्नु भएको छ भने पनि थाइराईड लाग्ने जोखिम उच्च हुन्छ ।
किन हुन्छ हाइपोथायरायडिज्म र हाइपरथाइरोइडिज्म् (थाइराइड) ?
हाइपोथायरायडिज्म हुने कारण:
हाइपरथाइरोइडिज्म् हुने कारण:
थाइराईडका लक्षण:
थाइराईड रोग लागेपछि तपाई विभिन्न प्रकारका लक्षणहरु अनुभव गर्नुहुन्छ । तर थाइराईडका लक्षण अन्य धेरै रोगहरुसँग मिल्दोजुल्दो हुने गरेका छन् र उमेर अनुसार यो फरक हुन सक्छन । यसले गर्दा तपाईमा देखिएको लक्षणहरु थाइराईडका नै हुन् भन्न कहिलेकाँही कठिन हुन जान्छ ।
हाइपरथाइरोइडिज्मका लक्षण
हाइपोथायरायडिज्मका लक्षण
थाइराईडको उपचार:
हामीले थाइराईडको उपचार गर्दा तपाईंको हर्मनको स्तर पुनस् सामान्यमा ल्याउने प्रयास गर्छौं । यसलाई विभिन्न किसिमले गर्न सकिन्छ र प्रत्येक उपचार तपाईंको थाइराइडको अवस्थामाथि निर्भर गर्दछ ।
यदि तपाईंलाई हाइपरथाइराईड छ भने हामीले एन्टी थाइराईड ड्रग्स दिन्छौं यसले थाइराइडलाई आवश्यक्ता भन्दा बढी हर्मोन उत्पादन गर्नबाट रोक्छ । त्यस्तै रेडियोएक्टिभ आयोडिन पनि एउटा प्रक्रिया हो जसले तपाईं थाइराइडका सेलहरुलाई नष्ट पार्छ र थप हर्मोन बनाउँनबाट रोक्छ । हाइपरथाइराइडको उपचार गर्ने एउटा विधिमध्ये बेटा ब्लाकर्स औषधी पनि हो । यसले तपाईंको शरीरमा निर्माण भइरहेका हर्मोनहरुको मात्रामा त कुनै परिवर्तन गर्दैन तर यसले लक्षण भने नियन्त्रण गर्छ । अन्तमा थाइराइडको उपचार गर्न शल्यक्रिया पनि एउटा विधि हो । चिकित्सकले शल्यक्रिया मार्फत तपाईंको थाइराइड हटाउन सक्छ तर त्यसपछि जीवनभर तपाईंलाई थाइराईड रिप्लेस्मेन्ट हर्मोनको औषधी खानु पर्छ ।
त्यसैगरी यदि तपाईंलाई हाइपोथायरायडिज्म छ भने हामी चिकित्सकहरुले त्यसपछिको उपचारका लागि थाइराईड प्रतिस्थापन औषधी प्रयोग गर्छौं । औषधीले तपाईंको शरीरमा थाइराईडका हर्मोनहरु थप्ने काम गर्दछ ।
थाइराईड रोगबाट जोगिने उपाय:
थाइराईड रोगबाट जोगिन हामीले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कार्य भनेकै सन्तुलित मात्रामा आयोडिनको सेवन हो । किनभने आयोडिन बढ्नु र घट्नु दुवै शरीरका लागि हानिकारक हुन्छन् र थाइराईड रोगलाई निम्त्याउँछन् । त्यसैले हामीले चिकित्सकको सुझाव अनुसार सन्तुलित मात्रामा आयोडिन सेवन गर्नुपर्दछ । त्यसैगरी बाहिरी र प्याकेजिंग गरेको खाने कुरा धेरै खाँदा पनि थाइराईड हुनसक्ने अध्ययनले देखाएको छ । त्यसैले बाहिरी, बढी चिल्लो र प्याकेज्ड फुडबाट टाढा रहेको ठिक । बढी धुम्रपान र मद्यपानले गर्ने व्यक्तिलाई थाइराईड रोग लाग्ने जोखिम हुनसक्छ । तसर्थ हामीले कुनैपनि प्रकारको धुम्रपान र मद्यपानबाट पनि आफुलाई टाढा राखेको ठिक ।
लेखक नारायणी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन हुन् । उनि वीरगञ्जको विर्तास्थित पर्सा हेल्थ क्लिनिकमा पनि परामर्श सेवा दिन्छन ।