वीरगञ्ज, १६ कार्तिक । वीरगञ्जमा सञ्चालित कपडा बैंकले आज घण्टाघरमा कपडा वितरण गरेको छ ।
हिन्दुहरुको ठूलो पर्व दीपावली र छठको अवसर पारेर कपडा बैंकले लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ रम्भा मिश्रको नेतृत्वमा कपडा वितरण गरेको हो ।
मिश्रको नेतृत्वमा घण्टाघर जम्मा भएको टोलीले महिलाहरुलाई छठ पर्व मनाउन नयाँ साडी र अन्य व्यक्तिहरुलाई कपडा वितरण गरेको थियो ।
दीपावली र छठ जस्तो पर्व सबैले सहज तरिकाले मनाउन भन्ने उद्देश्यले साडी र अन्य कपडा वितरण गरिएको नेतृ मिश्रले बताइन । उनले यस अघिपनि यस्ता सामाजिक कृपकालापहरु गर्दै आएकी छन् ।
वितरण कार्यक्रममा सुरेन्द्र कुर्मी, वृजेश्वर चौधरी, सामाजिक अभियन्ता प्रकाश थारु, डा. सुष्मा तिवारी द्विवेदी लगायतको उपस्थिति रहेको थियो ।