×

कोरोना भाइरस संक्रमणका कारणले अधिकांश बिरामीहरुको शरीरमा अक्सिजनको स्तर कमि भएको पाइएको छ ।

मानिसहरु अवस्था गम्भीर नहोस् भन्दै अक्सिजनको स्तर बढाउन थुप्रै घरेलु उपायहरु अपनाइरहेका छन् । विशेषज्ञका अनुसार यस परिस्थितीमा अक्सिजन युक्त खाद्य पदार्थको सेवन गर्नु एक राम्रो विकल्प हुन सक्ने वताउँदै आएका छन् । आफ्नो रगतमा अक्सिजनको स्तर वृद्धि गर्न आहार योजना बनाउँदै हुनुहुन्छ भने खानामा ८० प्रतिशत अल्कलाइन भएको खानेकुरा खानुपर्ने हुन्छ । जसले रगतमा अक्सिजनको स्तर बढाउन धेरै मद्दत गर्दछ । विज्ञहरूका अनुसार अल्कलाइन युक्त खानेकुरा खाँदा पर्याप्त अक्सिजन प्राप्त गर्न सकिन्छ । र पहिलेभन्दा अझ स्वच्छ र स्वस्थ महसुस गर्न सक्नुहुन्छ ।

अल्कलाइन युक्त खानेकुराले के हुन्छ ?

– रक्तप्रवाहमा अक्सिजनको स्तर बढाउँछ ।
– ल्याक्टिक एसिडको निर्माणलाई रोक्दछ ।
– शरीरमा विभिन्न कार्यहरूलाई उत्प्रेरित गर्न मद्दत गर्दछ ।
– शरीरको पीएच स्तरलाई सामान्य राख्न मद्दत गर्दछ ।
– शरीरका अंगहरूलाई राम्रोसँग काम गर्नका लागि पनि यो सहयोगी हुन्छ ।

अक्सिजनको स्तर बढाउन यी खानेकुराहरु खानुहोस् ।

१. नासपाती

अनारस र किसमिस प्रशस्त मात्रामा खानुहोस् – यी खाद्य पदार्थहरूको सेवन गरेर अक्सिजन स्तर बढाउन सकिन्छ। यी सबै खाद्य पदार्थहरूमा पीएच भ्यालु ८.५ हुन्छ । यसका साथै, यसमा एन्टिअक्सिडन्ट भिटामिन ए, बी र सी प्रचुर मात्रामा पाइन्छ । यी फलहरुको रगतलाई नियन्त्रण गरेर रक्तचाप घटाउन पनि मद्दत गर्दछ ।
२. कागतीले अक्सिजनको स्तर बढाउँछ – कागती अक्सिजन युक्त एक फल हो। सामान्यतया यो एसिडिक हुन्छ, र यसको सेवन गरिसकेपछि शरीरमा गएर यो अल्कलाइनमा परिवर्तन हुन्छ । जसले चिसो, खोकी, फ्लु, छाती पोलेको र संक्रामक रोगहरु यो धेरै लाभदायक हुन्छ । यसले मानव कलेजोलाई टोनिकको काम गर्दछ।

३. खर्बुजा 

खर्बुजा सबैले खान्छन् । तर धेरै व्यक्तिहरूलाई यसले रगतमा अक्सिजनको कमिलाई पूर्ण गर्ने बारेमा थाहा हुँदैन । यस फलमा पिएच भ्यालु ९ हुनुका साथै अल्कालाइन पनि उच्च हुन्छ । यसमा पाइने अत्याधिक फाइबर र पानीको मात्राका पिसाब सफा गर्न पनि काम गर्छ । त्यसैगरी, यसमा पाइने लाइकोपिन, बीटा क्यारोटीन र भिटामिन–सीले संक्रमणबाट पनि बचाउँदछ ।

४. मेवा र आँप

यस समूहका फलहरुमा पिएच भ्यालु ८.५ हुन्छ र यी दुवै फलहरुले मिर्गौला सफा गर्न पनि प्रभावकारी भूमिका खेल्द छ। यसैगरी, मेवाले आँतलाई पनि मजबुत बनाउँछ र मानिसलाई कब्जियतबाट पनि बचाउँदछ । विशेषगरी, जब मेवालाई काँचो खाइन्छ, यसले आँतबाट हानिकारक पदार्थहरू निकाल्ने निकै ठूलो भूमिका खेल्दछ ।

५. किवी

किवी तथा अन्य फलको जुसहरु सबैले सेवन गर्छन् । तर. रगतमा अक्सिजनको मात्रा बढाउनका लागि यस फललाई आफ्नो दैनिक आहारमा समिल गर्नु पनि निकै आवश्यक हुन्छ । पबमेडमा प्रकाशित एक अध्ययन अनुसार यो फलमा फ्लाभोनोइड्स उच्च मात्रामा पाइन्छ । त्यसैगरी, यसमा प्राकृतिक सुगर वा गुलियो भएका कारण भोजनलाई पचाउन निकै सहयोग गर्दछ । यो फलमा अल्कलाइनको निर्माण गर्ने विशेष गुणहरु हुन्छ र यसले शरीरलाई ऊर्जाले भरि दिन्छ ।

६. आरुबखडा

आरुबखडामा प्रशस्तरुपमा फाइबर पाइन्छ । जसको पीएच भ्यालू ८ हुन्छ। र यसलाई पचाउन पनि सजिलो हुन्छ। यसमा थुप्रै इन्जाइम्स भएका कारण शरीरमा हार्मोनल सन्तुलन कायम हुने गर्दछ । यदि रगतमा अक्सिजनको स्तर बढाउन चाहनुहुन्छ भने, आरुभखराको सेवन लाभदायक साबित हुन सक्छ ।

७. गाजर र खजुर

रगतमा अक्सिजनको कमि पूरा गर्न गाजर, खजूर, किसमिस, जामुन, पाकेको केरा, लसुन, ज्वानो खानुपर्ने हुन्छ । वास्तवमा, यी सबै फलहरुमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ । त्यसैले यी फलहरु स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छन् । यी फलहरुको पीएच भ्यालु ८ हो । यसैगरी, लसुन, जामुन र खजुरमा यस्ता गुणहरु पाइन्छन् जसले उच्च रक्तचापलाई समेत नियन्त्रण गर्दछ ।

८. क्याप्सिकम

यसको पीएच भ्यालू ८.५ हुन्छ र यसमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । क्याप्सिकमले तनाव तथा रोगहरु निम्त्याउने फ्रि रेडिकलहरूसँग लड्न मद्दत गर्दछ । यसमा भएको एन्टी–ब्याक्टेरियल गुणका कारण यसले शरीरको एण्डोक्राइन प्रणालीलाई पनि मजबुत बनाउँछ ।

Back to top