हरियो खुर्सानी प्रत्येकको भान्सामा हुने गर्दछ। धेरै मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन्। खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ। हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन मात्र, यसका अनेकौं फाइदाहरू पनि छन्।
खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ। मुटुरोग, पेट दुख्ने समस्या जस्ता समस्याबाट यसले छुटकारा दिलाउने स्वास्थ्यसम्बन्धी गरिएको रिसर्चहरूले दाबी गर्ने गएका छन्।
यहाँ हरियो खुर्सानीले गर्ने फाइदाहरूका बारेमा केही चर्चा गरिनेछ। खुर्सानीमा एन्टीअक्सिडेन्ट हुन्छ। यसले शरीरलाई बाह्य किटाणुहरूको आक्रमणबाट बचाउछ। यसले प्रोटेस्ट ग्रन्थीको समस्यालाई पनि टाढा भगाउछ।
खुर्सानीमा गरिएका कतिपय अध्ययनहरूले यसमा भिटामिन सी र बिटा क्यारोटिन हुने तथ्य सार्वजनिक गरेका छन्। यी तत्वहरूले आँखा स्वस्थ राख्न मद्दत गर्छन् भने रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ।
खुर्सानीले रगतमा चिनीको मात्र सन्तुलित गर्न अहं भूमिका खेल्छ। यदि कसैलाई मधुमेह भएको छ भने हरियो खुर्सानीको सेवनले फाइदा हुने बताइन्छ। हरियो खुर्सानीमा फाइबरको मात्रा हुने हुनाले यो कब्जियत हुनेहरूका लागि पनि फाइदाजनक छ। खुर्सानीले कतिपय प्रकारका क्यान्सरहरू पनि निको गराउन मद्दत गर्छ।
राति सुत्ने समय भन्दा केही पहिला २,३ वटा हरियो खुर्सानीलाई धोएर बीचबाट काट्ने र एक ग्लास पानीमा भिजाएर राख्ने अनि बिहान उठेर त्यसको सेवन गर्नाले पेटको समस्याबाट मुक्ति मिल्ने कतिपय अध्ययनहरूले पुष्टि गरेका छन्।