वीरगन्ज–चार वर्ष अगाडि सम्पन्न भएको दोस्रो संविधानसभाको चुनावमा पर्साको ५ वटा क्षेत्रमध्ये तीनवटामा एमाले र दुईवटामा नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो । क्षेत्र नम्बर २ र पाँचमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपाल दोस्रो स्थानमा थियो । अन्य क्षेत्रमा मधेसी दलको जमानत नै जफत भएको थियो । २०७० सालको सबिधान सभाको को चुनावमा पर्सा क्षेत्र न. २ बाट सबिधान सभाको चुनावमा प्रदीप यादव थोरै मतका अन्तरले पराजित भएका थिए।तर वहाँ चुनाव हारको समिक्षा गरदै आफना कमि कमज़ोरी लाई सच्याउदै निरन्तर जन्ताको बिचमा रहि रहे जनताको काममा लाई आफनो काम ठानी निरन्तर जनताको सेवा गरि रहे र जनताका बिचमा लोकप्रिय बनेका यादव बीरगज नगर तथा जिल्लाका अधिकतम ठाउमा संगठन निर्माण गर्न सफल रहे तयही मेहनत का कारण , यही असोज दुईमा भएको स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालले मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टीलाई मात्र हैन् सत्तारुढ दल कांग्रेस र एमालेलाई समेत उछिन्दै पर्सामा अत्यधिक स्थानीय तह जित्दै जिल्लाको एक नम्बर पार्टी बनेको छ । प्रदेश नम्बर दुईको एकमात्र महानगरपालिका वीरगन्ज महानगर र तीनवटा गाउँपालिका सहित चार वटा तहमा संघीय फोरम विजयी भएको छ भने ६ वटा तहमा पार्टीका उम्मेदवार उपप्रमुखमा विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी बनेको तहहरुमा पनि सानो मतान्तरले पार्टीका उम्मेदवार दोस्रो भए । महानगरपालिकाको १२ वडाध्यक्षमा समेत संघीय समाजवादी फोरमका उम्मेदवारले जीत हासिल गरेका छन् । जसमध्ये दुई वडाको अध्यक्षमा महिला बिजयी भएका छन् । दोस्रो संविधान सभाको निर्वाचनसम्म खासै राम्रो प्रदर्शन गर्न नसकेको पार्टीले स्थानीय तहमा एकाएका जिल्लाकै पहिलो पार्टी बनेपछि राजनीतिक वृत्तमा खैलाबैला मचेको छ । फोरमको जीतको विभिन्न कोणबाट विश्लेषण समेत भइरहेका छन् ।
वीरगन्ज महानगरपालिकाको मेयर जीत्नका लागि सत्तारुढ कांग्रेसले आफ्नो पार्टीको जिल्लाकै प्रभावशाली नेता तथा पार्टी सभापति अजय द्धिवेदीलाई चुनावी मैदानमा उतारेको थियो । द्धिवेदी यसअघि उपमेयर र सभासदमा विजयी भइसेकेका थिए । त्यसमाथि पर्सा कांग्रेसको पुरानै गढ मानिन्छ । जीवनकालमा कहिलेपनि चुनाव जित्न नसकेका कांग्रेसका पूर्व पार्टी सभापति कृष्णप्रसाद भट्टराई पहिलो र अन्तिम पटक पर्सामा आएर चुनाव जितेका थिए । जितेर प्रधानमन्त्री समेत बने । एमालेले पनि ठूलै पैसावाला नेशनल मेडिकल कजेलका बशरुद्दिन अन्सारीलाई रातारात पार्टी भित्र्याएर मेयरको उम्मेदवारमा उठाएको थियो । माओवादीले पनि गन्डक हस्पिटलका सञ्चालक रहबर अन्सारीलाई उम्मेदवार बनाएको थियो । संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीपनि गत चैतमा मात्र पार्टी प्रेवश गरेका थिए । ६ महिना अगाडि मात्र पार्टीमा प्रवेश गरेका सरावगी अहिले आर्थिक तथा व्यापारिक नगरी वीरगन्जको मेयरको कुर्सीमा विराजमान छन् । यद्यपि सरावगीले पार्टी प्रवेश गरेदेखिनै योजनावद्ध तरिकाले चुनावी अभियानमा होमिएका थिए । उनी घरदैलोमा व्यस्त रहँदा पार्टी अध्यक्ष प्रदीप यादव समाजका अगुवा जो निश्चित भोट बैंकलाई होल्ड गर्ने क्षमता राख्छन् तीनलाई मनाउन लागिरहेका हुन्थे ।
‘वन टु वन’ मिटिङमा बढी ध्यान केन्द्रीत गरेका यादवको मिहिनेतको प्रतिफल आउन थालेपछि आधिकारिक घोषणा हुनु दुई दिन अगावै सरावगीको जीत सुनिश्चित भइसकेको थियो । चितवनको भरतपुर काण्ड यहाँ दोहोरिन नदिन यादव कार्यकर्ता लिएर दिन रात मतगणना हुने स्थानमा जाग्राम बस्थे । कांग्रेस लगायतका केही दल मतगणना भाडन अथक प्रयास गरिराखेका तिनिहरूको सामना गर्दै चलाखी पुर्वक शान्ती पुर्वक मतगणना गराउन सफल भए।मूख्य निर्वाचन अधिकृतको कार्यालयले दुई हाजर एक सय ९६ मतले संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी मेयरमा विजयी घोषणा गरेपछि यादवले ठूलो राहत महशुस गरेका थिए । ‘आन्दोलनको कर्मभूमि वीरगन्जको यो जित सम्पूर्ण मधेसीको जीत हो’ पत्रकार सम्मेलनमा उनले भनेका थिए । कांग्रेसजनको गढ फोरमले भत्काएपछि वीरगन्ज मात्र नभई काठमाडौँको राजनीति वृत्तिमा समेत प्रदीप यादवको चर्चा हुन थाल्यो । वीरगन्ज सबैको चासोको विषय बनेको थियो । मुलुकको लाइफ लाइन कब्जा गर्न सबै दलले स्रोत र साधनको अधिकतम प्रयोग गरेका थिए । तर, यादवको निरन्तरको कडा मिहिनेत र कार्यकर्ताको सहयोगले महानगरमा फोरमले फराकिलो जीत हासिल गरेको हो । वडाको उम्मेदवार छनोट देखि नै सर्तकता अप्नाइएको थियो । अन्य पार्टीले उम्मेदवारसँग पैसा लिएर टिकट बिक्री गरेको खुलासा भइरहँदा फोरमले भने समाजमा भिजेको र संगठनमा योगदान दिएका व्यक्तिलाई प्राथमिकतामा राखेर टिकट वितरण गरेको थियो । वीरगन्ज महानगरमा मात्र नभई गाउँपालिकाहरुमा पनि यादवले निरन्तर भेटघाट र पार्टी प्रवेश गराएका थिए । आन्दोलन सँग/सँगै पार्टी संगठन विस्तार र सुदृढिकरणमा विशेष ध्यान दिएको उनी बताउँछन् । ‘पहिलो जुन गाउँमा उम्मेदवार पाउन गाह्रो थियो, अहिले त्यहाँ फोरम जितेको छ,’ यादवले भने, ‘यो मेरो मात्र हैन् सबै कार्यकर्ताको मिहिनेतको परिणाम हो ।’ राजनीतिक जानकारका अनुसार छोटो अवधिमै यादव एक कुशल नेतृत्वकर्ता र संगठनकर्ताको रुपमा उदाएका छन् ।