वीरगन्ज ,२८ असोज - पर्सा जिल्लामा फोरम नेपालको प्रभाव र आकर्षण बढदै गएको छ । अन्य दलका प्रभावशाली नेता, अधिकृत सरहका कर्मचारी, विद्यार्थी, महिलालगायत अधिकांशको फोरम नेपालनै गन्तव्य बन्न थालेको छ । स्थानियत तहपछि पर्सामा फोरम नेपाल बलियो अवस्थामा पुगेपछि फोरमको चमक पर्सामा अन्य दल भन्दा भिन्न देखिन्न थालेको छ ।वीरगंजका पुर्व मेयर प्रदीप सुवेदी तथा वीरगंज महानगरपालिकाका अधिकृत शम्भु गुप्ता फोरम नेपालमा प्रवेश नगरेको बित्दै आज पनि पुर्व प्रजिअसहित ७ जना बौद्धिक वर्गका व्यक्तित्वहरु फोरम नेपालमा प्रवेश गरेका छन् ।
गीता मन्दिर नजिक रहेको वीरगन्ज जेसिसको सभा हलमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमा पुर्व प्रमुख जिल्ला अधिकारी एवम जिल्ला शिक्षा अधिकारी समेत रहीसकेका बलिरामप्रसाद सिंह, सदभावना विद्यार्थी मञ्जका संस्थापक अध्यक्ष नगनारायण सिंह ,राप्रपाकी केन्द्रीय सदस्य भीमा यादव ,राप्रपाका पर्सा उपाध्यक्ष डा. रामप्रसाद यादव ,नवदीप एकेडेमीकी प्रिन्सिपल सुशिला साह ,वीरगंज जेसिसका पुर्व अध्यक्ष तथा सहकारी सघका कोषाध्यक्ष राजेश पटेललगायतले फोरम नेपालमा प्रवेश प्रवेश गरेका छन् ।दिपावाली छठको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रममा नवप्रवेशीहरुलाई कार्याक्रमका सभापति तथा फोरम नेपाल पर्सा अध्यक्ष प्रदीप यादवले स्वागत गरेका थिए ।कार्यक्रमको प्रमुख अतिथि रहेका वीरगंजका मेयर विजय सरावगीले बौद्धिक तथा विविध क्षेत्रका प्रभावशाली व्यक्तित्वहरुको आगमनले पार्टीको प्रभाव अझै बढेको चर्चा गर्दै मधेसकै नं १ पार्टी निर्माणमा सबैको सकारात्मक सहयोगको अपेक्षा गरे ।