×

फाइल तस्बिर

वीरगञ्ज, १२ चैत ।  सब डिभिजन बन कार्यालय रंगपुर टाडीले अवैध रुपमा कटान गरेर लैजाँदै गरेको अवस्थामा सालको गोलियासहित साइकल नियन्त्रणमा लिएको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका ४ सुगौली र भतौडास्थित जंगलको बिच बाटो भएर साइकलमा लोड गरी लैजाँदै गरेको अवस्थामा गोलिया बरामद भएको सब डिभिजन बन कार्यालयका सहायक बन अधिकृत कपिलदेव यादवले जानकारी दिए ।

कार्यालयका सुबेदार रामआशिष राउत कुर्मीको नेतृत्वमा खटिएको गस्ति टोलीले गोलिया र साइकल नियन्त्रणमा लिएपनि व्यक्ति भने फरार भएका छन् ।

काठ चोरीमा संलग्न व्यक्तिको पहिचान र खोजी कार्य जारी रहेको सहायक बन अधिकृत यादवले बताए । 
 

Back to top