वीरगञ्ज, १३ चैत । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ मा बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सुरक्षित आप्रवासन (सामी) परियोजनाअन्र्तगत स्थानीय जनप्रतिनीधि, बुद्धिजिवि तथा नागरिकसँग अन्तरक्रिया गरिएको हो । वैदेशिक रोजगार सम्बन्धी सचेतना फैलाउनका लागि हेल्वेटास नेपाल र सामीसँगको सहकार्यमा गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा वैदेशिक रोजगारीमा जानका लागि गर्नुपर्ने प्रक्रिया, लाग्ने खर्च लगायतका बारेमा परामर्श दिने र बित्तिय साक्षरताका बारेमा सहभागीहरुले जिज्ञासा राखेका थिए ।
सहभागीहरुको जिज्ञासालाई जिल्ला प्रशासन कार्यालयस्थित आप्रवासी स्रोत केन्द्रकी फोकल पर्सन देवता रिजालले जवाफ दिएकी थिइन् ।
गाउँपालिका अध्यक्ष प्रदिप जैसवालको सभापतित्वमा समपन्न कार्यक्रममा दिब्य युवा क्लबका जयनारायण चौधरी र गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख बिनोद प्रसाद यादवले प्रशिक्षण दिएका थिए ।