वीरगञ्ज, २५ चैत । मधेश प्रदेशमा शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै चैती छठ सम्पन्न भएको छ । सूर्यको पहिलो किरणलाई अर्घ दिन व्रतालुहरू बिहानैदेखि प्रतिक्षामा थिए ।
लामो समयको पर्खाईपछि उनीहरुले सूर्यलाई अर्घ दिएका हुन् । निर्जल उपवास बसेका व्रतालुहरूले बिहीवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका थिए ।
तराई मधेशको सबैभन्दा ठूलो तथा महान पर्वको रुपमा छठ व्रतलाई मान्ने गरिन्छ । छठ पर्व तराईकै सबैभन्दा ठूलो चाड भएपनि मधेश प्रदेश सरकारले यो पर्व मनाउन सार्वजनिक विदा दिएको छैन ।
वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाट, मुर्ली, नगवा, पिप्रा लगायतका छठघाटहरुमा बर्तालुहरुले उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर चैते छठ समापन गरेका हुन् ।
सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको संस्कृतिविद्हरु बताउँछन् ।