वीरगञ्ज १ जेठ । पर्साको पटेर्वासुगौली गाउँपालिकामा वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
५ सय २३ मत पाएर नेकपा एमालेका फरमान मिया अन्सारी वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुलेमान मिया दर्जीले ३ सय ८४ मत पाएका छन् ।
हालसम्म भएको १ हजार ३ सय ३३ मत गणनामध्ये गाउँपालिका अध्यक्षमा नेकपा एमालेको ५ सय ३७ मत, उपाध्यक्षको ५ सय ४० मत नेपाली कांग्रेसका अध्यक्षको ४ सय ७, उपाध्यक्षको ३ सय ९३ मत रहेको निर्वाचत अधिकृत सन्देश कुमार यादवले जानकारी दिए ।
यादवका अनुसार वडा नम्बर २ को मतगणना भइरहेको छ ।