वीरगञ्ज १ जेठ । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । गाउँपालिकाको वडा नम्बर १ मा हालसम्म गणना भएको १ हजार ५ सय ८६ मतमध्ये नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार यशवन्त यादवको पक्षमा ६ सय ८२ मत परेको छ ।
जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्षका उम्मेदवार प्रदीप जैसवालले ४ सय ३६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवारले ३ सय २० मत ल्याएका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले ५ सय २० जसपाले ४ सय ४० र नेपाली कांग्रेसले ४ सय ७५ मत प्राप्त गरेको छ । हालसम्म गणना भएका मतमध्ये १ सय १२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।