×

वीरगंज, ३ कार्तिक - संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले अगामि निर्वाचनमा फोरम नेपालको जीत निश्चित रहेको दावी गरेका छन् । पार्टीले वीरगंजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता यादवले प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा पर्सासंगै मधेसकै अन्य जिल्लामा पार्टीले बितेको चुनवा भन्दा साकारात्मक परिणाम निकाल्ने दिशमा अघि बढेको विश्वास व्यक्त गरे ।

जेसिस भवनमा आयोजित कार्यक्रममा पर्सा क्षेत्र नं १ का प्रतिनिध सभा सदस्यको आकाक्षीसमेत रहेको नेता यादवले स्थानित तहको निर्वाचनपछि मधेससंगै अन्य जिल्लामा पनि संघीय फोरमको विश्वसनियता बढदै गएको चर्चा गर्दै आगामि निर्वाचनमा मधेस,पहाड सबै ठाउबाट पार्टीलाई जनताको साथ पाउने वातावरण बन्दै गएको बताए ।‘बौद्धिक वर्गा ,युवा ,महिला ,मुस्लीम ,दलित ,जनजाती ,अल्पसख्यक सबै समुदायको फोरमसंगको लगाव बढदै गएको पाएको छु ,’उनले भने ,‘सबैको साथ पाए ,जीत र परिवर्तन कसैले राक्न सक्दै ।’

‘फोरम नेपाल पर्सामा बौद्धिक वर्गको अनुहारको कमी महसुस गरेको थिए , त्यो कमी पुरा हुदै गएको देख्दैछु ,अब जनताको द्विविधा चिर्ने काममा बौद्धिक वर्ग अघि बढनु पर्छ ,उनले आग्रह गरे ।वीरगंजका पुर्व मेयर तथा भर्खरै फोरम नेपालमा आबद्ध भएका नेता प्रदीप सुवेदीले संघीय फोरम नै देश हाक्ने पार्टी भएकोले आफु यस पार्टीमा योगदान गर्न आएको बताए । यसमा सबैको अस्तीत्व ,सम्मान र पहिचानको हकमा अघि बढिन्छ ,भोलीको परिवर्तनकारी शक्ति मध्ये फोरम नेपाल नै हो उत्कृष्ठ ,उनले भने । फोरम नेपालमा वीरगंज महानगरको बरिश्ठ अधिकृत स्तरको जागिरे जीवन छोडेर फोरममा क्षेत्र नं १ ख बाट प्रदेशसभा आकाक्षी बनेका वीरगंज १२ मुर्लीका बासिन्दा शम्भु गुप्ताले विगत लामो समय देखि मधेसीको बारेमा केही गर्ने चाहना भए तापनि खोलाको किनारमा बसेर पौडी खेल्न सिकिदैन भनेर आफु राजनीतिमा आएकोे बताए । मधेसी जनतासंग भएको विभेदको सवालमा आफुले विधायकमा निर्वाचित भएर मधेस प्रदेशको नामाकरण ,राजधानी ,विकासको मुद्दा संविधान सशोधनलागयतको पक्षमा सकारात्मक भुमिका निर्वाह गर्ने योजना रहेको उनले बताए ।

वीरगंज जेसिसले सहजीकरण गरेको कार्यक्रममा सुरजीदेवी माविका पुर्व प्रधानाध्यापक एलपी मिश्रा ,वीरगंज महानगरका पुर्व योजना अधिकृत तथा ईन्जिनीयर देवकी चौरसिया ,बाल रोगविशेषज्ञ डा. रैफुल्ल आलम ,रौतहट माधोपुर माविका पुर्व प्रधानाध्यापक लालबाबु महतो कोइरी ,स्त्री रोग विशेषज्ञ डा. रणवीर सिंहलगायतले संयुक्त रुपमा फोरम नेपाल प्रवेश गरेका छन् ।नवप्रवेशी बौद्धिक जमातले पार्टीको सेना भएर निष्ठाका साथ योगदान पु¥याउने प्रतिबद्धता गरेका थिए ।

Back to top