×

वीरगञ्ज, ११ जेठ ।  पर्साको पटेर्वासुगौली गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपत ग्रहण गरेका छन् । गाउँपालिका कार्यालयको परिसरमा एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष दिनेश कुमार चौधरीले उपाध्यक्ष ममता महतोसहित पाँच वटै वडाका वडाअध्यक्ष र वडा सदस्यहरुलाई सपत ग्रहण गराएका हुन् । 

सपत ग्रहण गर्दै जनप्रतिनिधिहरुले इमान्दारिता एवम् कर्तव्यनिष्ठ भएर आफ्नो जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाएका थिए । अनियमितता, अपारदर्शीता र भ्रष्टाचारको अन्त्य गरेर पालिकालाई नमुना पालिकाको रुपमा परिचित गराउन वडादेखि पालिकाका जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताएका थिए । 

अध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, कृषि लगायतलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् । जनताका कामलाई प्राथमिकता दिएर काम गराउन पनि वडाअध्यक्षहरुलाई पालिका अध्यक्षले आग्रह गरेका छन् । 

सपत ग्रहण समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादव, कर्मचारी, नेपाली कांग्रेसका नेता चन्द्रकिशोर प्रसाद चौधरी, गाउँपालिका मातहतका विद्यालयका प्रधानाध्यापकहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top