वीरगञ्ज, १५ जेठ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ स्थित राष्ट्रिय जंगलमा शब फेला परेको छ ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ५२ वर्षीय जोखु अन्सारीको शब फेला परेको हो । दाउरा लिन गएका स्थानीयले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेर शबको मुचुल्का गरी पोस्टमार्टमका लागि शबलाई नारायणी अस्पतालमा पठाएको छ ।
घटनाका प्रकृति हेर्दा झुण्डिएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारणबारे अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि कारण खुल्ने प्रहरीले जनाएको छ ।