वीरगन्ज, ०४ कार्तिक - श्री छठ पुजाको उपलक्षमा वीरगन्ज स्थित घडिआर्वा पोखरीमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।
पछिल्लो १० वर्ष देखि घडिअर्वा स्पोर्ट्स क्लब वीरगन्जको आयोजनामा छठ पुजाको उपलक्षमा हुदै आएको रक्तदान कार्यक्रम यश वर्ष पनि बृहत रुपमा हुने भएको छ । रक्तदान कार्यक्रमको सम्पूर्ण तैयारी भईसकेको स्पोर्ट्स क्लबका अध्यक्ष लखन गुप्ताले जानकारी गराउनु भयो ।
।
रक्त संचार केन्द्र, वीरगन्जको सहयोगमा आगामी कार्तिक ६ गते (भोली सोमबार) हुने उक्त रक्तदान कार्यक्रममा २०० भन्दा बढी सहभागीले रक्तदान गर्ने गुप्ताले बताए ।
कार्तिक ६ गते बिहान ७ बजे देखी रक्तदान कार्यक्रम सुरु हुने उक्त रक्तदान कार्यक्रममा स्थानीय जनतालाई सहभागी भई रक्तदान गर्न आयोजक सनास्थाले आव्हान गरेको छ ।