×

फाइल तस्बिर

वीरगञ्ज, ३१ जेठ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ बेलवा खोलाबाट अवैध सालको गोलीया बरामद भएको छ ।

डिभिजन बन कार्यालय रंगपुरटाडीका सुबेदार राम अशिष राउत कुर्मीको नेतृत्वमा खटिएको बन गस्ती टोलीले २ थान साइकल सहित २ थान सालको गोलीया बरामद गरेको हो । पर्साको राष्ट्रिय बन क्षेत्रबाट अबैध रुपमा कटान गरी साइकलमा लोड गरी ल्याउँदै गरेको विशेष सुचनाको आधारमा टोलीले गस्ती गरेको हो ।

बन गस्ति टोलीलाई देख्ने बित्तिकै काठ तस्कर साइकल र काठ छोडी फरार भएको हुँदा काठ तस्करको खोजी भइरहेको सुबेदार कुर्मीले बताए । बरामद सालको गोलियालाई साइकलसहित डिभिजन बन कार्यालय रंगपुरटाडीमा राखि थप अनुसन्धान भइरहेको कुर्मिको भनाई छ । 
 

Back to top