वीरगञ्ज २७ सावण । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ३ मलाही टोलमा मोटरसाइकल चोरीगरि किनबेच गरिरहेको अवस्थामा इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीले एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक किसोर अचार्यको नेतृत्वमा खटिएको प्रहरीको टोलिले राती पटेर्वासुगौली गाउपालिकाको वडा नम्बर ३ मलाही टोल निवासी दिनेस प्रसाद साह तेलीलाइ पक्राउ गरेको हो ।
पक्राउ गरिएको मोटरसाइकल हालको प्रदेस २०३–०२९ प ३७७८ नम्बरको पल्सर मोटरसाइकल सहित दिनेस साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुशन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले बताए ।