×

फाइल तस्विर ।

वीरगञ्ज । कोरोना संक्रमण दर घट्दै गएसँगै सरकारले कोभिड-१९ प्रोटोकल परिमार्जन गरेको छ । 

अब विदेश जाँदा कोरोना परीक्षण गर्नुपर्ने र कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण चाहिने व्यवस्था हटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।​

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकसहितको विज्ञ टोलीले गरेको सिफारिसका आधारमा शुक्रबारको सचिवस्तरको निर्णय बमोजिम प्रोटोकल परिमार्जन गरिएको हो ।

नेपालमा पनि कोभिड १९ को संक्रमण दर, अस्पताल भर्ना दरमा उल्लेख्य  कमी आएको र अधिकांश मानिसले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मित्र राष्ट्रमा पनि कोभिड १९ संक्रण दर न्यून भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.समिरकुमार अधिकारीले जानकारी दिए । 

नियमित निगरानी र कोभिड १९ को जोखिममा रहेका शंकास्पद यात्रुहरूको स्क्रिनिङ गर्न सकिने व्यवस्था गरिएको छ । साथै मास्कको प्रयोग पनि स्वेचिछक गरिएको छ । 

Back to top