×

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ मा अवस्थित श्री वनदेवी आधारभूत विद्यालय भतौडा, पर्सामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

विद्यालयमा सर्व सहमतिले दीपनारायण महत्तो थारुको अध्यक्षतामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।

पटेर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवका अनुसार विद्यालयका लागि आफ्नो जग्गा उपलब्ध गराएका जग्गादाता दिपनरायण महतो थारु अध्यक्षमा सर्व सहमतिले गठन भएको व्यवस्थापन समितिको सदस्यमा वडा प्रतिनिधि शिवशङ्कर यादव, शिक्षा प्रेमी मदन तिवारी, उधो यादव, दुखी महत्तो रहेका छन् ।

त्यस्तै महिला सदस्यमा सविता देवी, शिवकुमारी देवी, शिक्षक प्रतिनिधिमा प्रमोद प्रसाद र सदस्य सचिवमा प्रधानाध्यापक सुभाष प्रसाद दास रहेको विद्यालय प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले जानकारी दिए ।

Back to top