×

वीरगञ्ज ।  पर्साको पटेर्वासुगौली गाउँपालिकामा बुधवार सम्पन्न नेपाल शिक्षक महासङ्घको पालिका अधिवेशनले राजेश्वर प्रसादको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले राजेश्वर प्रसादको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको सह अध्यक्षमा राजकुमार साह, महिला उपाध्यक्षमा नीरमाया आले, उपाध्यक्षमा मनोहर गौरो, सचिवमा सुभाष दास, सहसचिवमा प्रमोद प्रसाद यादव, सहसचिव अर्थमा दिपन चौधरी, सहसचिव संस्थागतमा देवेन्द्र प्रसाद साह, रामरुप प्रसाद यादव र चन्दन साह चयन भएका छन् । यस्तै सदस्यमा सुरेन्द्र यादव, रामलखन राय, रमेश कुमार आले, प्रमीला कुमारी, दुखा प्रसाद ओझैया, आनन्द राय र राम प्रसाद दास रहेका छन् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको पदस्थापन तथा शपथग्रहण कार्यक्रम पनि बुधवार नै सम्पन्न भएको नवनिर्वाचित सचिव प्रमोद प्रसाद यादवले जानकारी दिए ।

मोहन दास थारुको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिनेश प्रसाद चौधरीको प्रमुख आतिथ्ययतामा भएको अधिवेशनमा गाउँपालिका उपाध्यक्ष ममता महतो थारु, वडाध्यक्षहरू फरमान मियाँ, माधव राउत र बासु पञ्जियार, नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तिर्थराज यादव, सचिव विनोद गिरि, नेपाल शिक्षक सङ्घ पर्साका अध्यक्ष प्रदीप जयसवाल लगायतको पनि उपस्थिति रहेको थियो ।

Back to top