×

यदि बच्चाको उचाई बढिरहेको छैन भने अभिभावकले केही सजिला कसरतहरु बच्चालाई गराउन सक्नुहुन्छ । जानौं ती कसरतका बारेमा

स्वीमिङ

बच्चाको उचाईं बढाउनका लागि स्वीमिंग एकदमै सहयोगी हुन्छ । स्वीमिङ्ले शरीरका हरेक भागमा कसरत हुन्छ जसले गर्दा शरीर लचिलो तथा बलियो पनि बन्दै जान्छ ।

झुन्डिनु

नियमित रुपमा हातको सहायताले टंगिने वा झुन्डिने खालको कसरतले पनि हाइट बढ्न सहयोग पुग्छ । यसले हात तथा शरीरको माथिल्लो भाग तन्किन्छ । यसो गर्नाले शरीरको माथिल्लो भाग लचिलो बन्छ ।

खुट्टा छुने

‘टो टचिंग’ अर्थात् हातले खुट्टा छुने कसरत पनि बच्चाका लागि एकदमै राम्रो हुन्छ । यसले कम्मर, तिघ्रा तथा खुट्टाको मांसपेशीहरु बलियो बन्छ ।

कोबरा पोज

यो कसरतले शरीरको मांसपेशीहरु तन्किन्छ जसले गर्दा वृद्धिविकास छिटो हुन्छ । यसरी शरीर सधैं लचिलो रहन्छ ।

डोरी खेल्ने

बच्चाका लागि डोरी खेल्नु पनि एकदमै राम्रो कसरत हुन्छ । यसले हात, खुट्टा सबै शरीरको कसरत हुन्छ जसले गर्दा सम्पूर्ण शारीरिक विकासमा नै सहयोग पुग्छ ।

Back to top