अहिलेसम्म तपाईंले दुधको चिया, ग्रीन टी, कालो चिया, विभिन्न प्रकारका चियाहरु पिउनु भएको छ होला । तर तपाईंले कहिल्यै लसुनको चिया पिउनुभएको छ ? यदी पिउनुभएको छैन् भने आउनुहोस् जानौं यसका फाइदाका बारेमा–
लसुनमा एकदमै धेरै पोषक तत्वहरु पाइन्छ, यसमा एलिसिन नामको स्वस्थ कम्पाउन्ड पनि हुन्छ । यसमा एन्टीब्याक्टेरियल, एन्टीभाइरल, एन्टीफंगल तथा एन्टीअक्सीडेन्ट जस्ता कैयौं गुणहरु हुन्छन्, जसले गर्दा लसुन फाइदाजनक हुन्छ ।
लसुनको चियाले मानिसको मुटुको स्वास्थ्यलाई एकदमै स्वस्थ बनाउँछ । यसले शरीरमा रक्तसञ्चार तीव्र हुन्छ । यदी तपाईं चिया पिउन चाहनुहुन्न भने पनि लसुनका २–३ वटा पोटी दैनिक बिहान खाली पेट सेवन गर्न सक्नुहुन्छ ।
यदी तपाईंले गठिया वा बाथ जस्ता रोगको सामना गरिरहनुभएको छ भने लसुन तपाईंका लागि एकदमै लाभदायक हुन्छ । लसुनको चियाले इम्यूनिटीलाई बलियो बनाउँछ । यसरी तपाईं चिसो, रुघाखोकी आदि समस्याबाट पनि आफूलाई बचाउन सक्नुहुन्छ ।
फंगल इन्फेक्शनबाट छुट्कारा पाउनका लागि पनि लसुनको चिया एकदमै राम्रो हुन्छ । यसबाहेक तपाईं संक्रमण भएको ठाउँमा लसुनलाई पिसेर लगाउन पनि सक्नुहुन्छ ।
लसुनको चियाको सहयोगबाट तपाईं दाँत दुखाईबाट पनि छुट्कारा पाउन सक्नुहुन्छ । यस्तोमा तपाईंले चाहनुभयो भने लसुनको तेल पनि दाँतमा वा दुखेको गिँजामा लगाउन सक्नुहुन्छ ।
लसुनले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ । जो व्यक्ति हाइपरटेन्शनबाट पीडित छन् उनीहरुले पनि लसुनको सेवन गर्नुपर्दछ ।