×

बिहानको मिठो निद्रा सबैलाई प्यारो हुन्छ । कतिपय कामकाज तथा सुत्ने समय नै ढिला भएकाले बिहान पनि ढिला उठ्ने गर्छन् भने कतिपय बिहान अल्छी गरेर पनि ढिलासम्म सुत्ने गर्दछन् । तर, तपाईंले बिहान उठ्दा हुने फाइदा बारे थाहा पाउनुभयो भने सायद भोलीदेखि नै बानी परिवर्तन गर्नुहुनेछ । जानौं ती फाइदा बारे ।

बिहान छिटो उठ्नाले तपाईको शरीरले अतिरिक्त ऊर्जा पाउन सक्छ । यसले दिनभर ऊर्जावान बनाउँछ । सकारात्मक सोंचको पनि विकास हुन्छ । बिहान चाँडो उठ्नुको सबैभन्दा ठूलो फाइदा हो प्रर्याप्त समय निस्कनु । समय धेरै हुने भएकाले तपाईंले कसरत, योगा, नास्ता, खाना आदि काम एकदमै आरामसँग गर्न सक्नुहुनेछ ।

बिहानको समयमा दिमाग पनि शान्त तथा तेजिलो हुन्छ । त्यसैले अध्ययन तथा अफिसकै केही काम छन् भने पनि बिहानमा राम्रोसँग गर्न सकिन्छ । योग तथा व्यायामका लागि पनि उपयुक्त समय बिहानको हुन्छ । त्यसैले सकेसम्म बिहानकै समयमा घाममा बसेर योग तथा अभ्यास गर्नुहोस् ।

बिहानको हावा पनि स्वस्थ हुने भएकाले त्यसको फाइदा उठाउन पनि छिटो उठ्नु आवस्यक हुन्छ । बिहानको स्वस्थ हावामा केहीबेर बस्दा पनि शारिरीक तथा मानसिक अवस्थामा सकारात्मक प्रभाव पर्छ ।

Back to top