×

रात्रिको खानपिन गरिसकेपछि चिया-कफी आदि सेवन गर्नाले तनाव तथा निद्रा कम हुने जस्ता समस्याहरू देखिन  सक्छन् । भोजनपछि यस्ता चिजहरूले पाचन प्रक्रियालाई नराम्रो असर पार्छन् । आउनुहोस् विशेषगरी रातमा भोजनपछि चिया-कफी पिउँदा हुने नराम्रो असरका बारेमा जानौं ।

रातमा भोजन गरिसकेपछि चिया-कफी पिउँदा तनाव र एन्जाइटी जस्ता समस्या हुन सक्छन् । चिया-कफी पिउँदा शरीरमा स्ट्रेस हर्मोनको स्तर बढ्छ, जसले गर्दा डराउने आत्तिने जस्ता समस्या पनि हुन्छन् ।

चिया तथा कफीमा क्याफिनको मात्रा एकदमै धेरै हुन्छ, जसले गर्दा धेरै चिया वा कफी सेवन गर्नाले निद्रा खराब हुन्छ । यसले निद्राको गुणात्मकतालाई कम गर्छ जसले गर्दा गहिरो निद्रा लाग्दैन ।

कफी धेरै मात्रामा  लिँदा पेटमा पनि समस्या हुन सक्छ । रातमा भोजन पछि चिया वा कफी पिउँदा एसिडिटी तथा छाती पोल्ने जस्ता समस्या पनि हुन सक्छन् ।

रातमा खानपिनपछि चिया-कफी पिउँदा रगतमा चिनीको मात्रा पनि बढ्छ । यदि, तपाईं चिनी राखेर चिया-कफी पिउनुहुन्छ भने यसले भविष्यमा गएर मधुमेहको समस्या पनि हुन सक्छ ।

रातमा चिया-कफी पिउँदा शरीरलाई खानाबाट पाइने पोषक तत्त्वहरू प्राप्त हुँदैन जसले गर्दा शरीरमा भिटामिन तथा विभिन्न पोषक तत्त्वको कमी पनि हुन सक्छ ।

Back to top