×

वीरगन्ज, मंसिर ०२ - वीरगन्ज महानगरपालिका वडा नम्बर २, ११ र १४ मा संघीय समाजवादी फोरम नेपाल पर्सा द्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रम विभिन्न पार्टी परित्याग गरी नेपाली विद्यार्थी संघका जिल्ला सचिव गौरव वर्मा र युवा नेता प्रेम कुशवाहा सहित सयौंको संख्या युवाहरु आज फोरम नेपालमा प्रवेश गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष शेख अब्बासको अध्यक्षता तथा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम् पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागी फोरम-राजपा गठबन्धनका साँझा उम्मेदवार प्रदीप यादवको प्रमुख आतिथ्य, पर्सा क्षेत्र नम्बर १ को २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार एवम् पार्टीका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्धीको विशेष उपस्थितिमा समपन्न आजको पार्टी प्रवेश कार्यक्रममा प्रेम कुसवाहको नेतृत्वमा विकाश सर्राफ, उमेश कुशवाहा, विरेन्द्र कुशवाहा, पुकार कुशवाहा, धुर्व कुशवाहा, शन्तोष कुशवाहा, ओम कुशवाहा, मुकेश कुशवाहा, सुरज पटेल, खुसि कुशवाहा, आजाद हुस्सेन, विकाउ ठाकुर, विन्दा साह सोनार लगायात सयौं युवाहरुले पार्टी प्रवेश गरेका छन् ।

त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा नेपाल विद्यार्थी संघका जिल्ला सचिव गौरव वर्माको नेतृत्वमा सम्पन्न बृहत पार्टी प्रवेश कार्यक्रममा शुभास चन्द्र झा, साविर हुसेन, अजित साह, अजय यादव, शुभास जोशी, राजन गुप्ता, मुकेश झा, अंकेश यादव, चन्दन कुमार पटेल, शुलभ जंग राना, अमित कुमार, अशोक पटेल लगयातले कयौं युवा विद्यार्थी नेताहरुले पार्टी प्रवेश गरेका छन् ।

त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा फोरम नेपालका वडा कमिटिका अध्यक्ष रफिक अन्सारीको अध्यक्षतामा राजपाका महबुब यालाई, समिर अन्सारी, म. तुफान अन्सारी, जाहिर आलम, हुँदा अन्सारी, अख्ता अन्सारी, वहाव आलम अन्सारी, नासिर अन्सारी, तैसाफ अन्सारी, आसिर अन्सारी, जुम्दीन अन्सारी, कम्सुदीन अन्सारी, महबुब अन्सारी, आलाहाव अन्सारी, फैदीन अन्सारी, साफी अहमद अन्सारी, हस्ब्ल्लाई अन्सारी, साफीक अन्सारी लगयात सयौं नेता तथा कार्यकर्ताहरुले विभिन्न पार्टीहरु परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका छन् ।

मधेसको अधिकार सुन्सिच्त गर्न फोरम नेपालको विकल्प नरहेको हुनाले आफु द्वारा आफुहरु द्वारा अन्य पार्टी परित्याग गरिएको सबै नव प्रवेशीहरुले बताए थिए । नेपाली कांग्रेस, एमाले र माओवादी जस्ता पार्टीले जहिले पनि मधेसीहरुलाई हेप्दैं शासन गरेको हुनाले नवप्रवेशीहरुलाई अध्यक्ष यादव र अन्य उपस्थित अतिथिहरुले फुल-माला र अभिर लगाई पार्टीमा स्वगात गरेका थिए ।

 

Back to top