×

सबै अभिभावकलाई उनीहरुको बच्चा मानसिक तथा शारीरिक रुपले एकदमै बलियो तथा विकसित होस् भन्ने लाग्छ । हरेक बच्चाको विकासको प्रक्रिया फरक फरक हुन्छ र बच्चाको विकास वंशानुगत समेत कैयौं कारणहरुमा पनि निर्भर गर्दछ ।

आमाबुवाको कर्तव्य पनि हो कि बच्चाको शारीरिक विकासका लागि त्यो सबै गर्नुपर्छ जसले गर्दा बच्चाको विकासमा कुनै पनि खालको रोकावट नआओस् । आमाबुवाले बच्चाको पूर्ण विकासका लागि केही कुराहरुमा विशेष ध्यान दिनुपर्दछ ।

आज हामी त्यस्तै केही ५ काम बताइरहेका छौं जसलाई ध्यान दिएर तपाईं पनि आफ्नो बच्चाको सम्पूर्ण विकास सुनिश्चित गर्न सक्नुहुन्छ ।

पोषण

बच्चालाई फाइबर, प्रोटिन, स्वस्थ फ्याट्स, भिटामिन्स तथा मिनरल्सहरुले भरपूर खाना दिनुहोस् जसले उनीहरुको विकास सही तरिकाले हुने गर्छ । उनीहरुलाई जंक तथा प्रोसेस्ड फुडहरुबाट जति सक्यो टाढा राख्ने कोसिस गर्नुहोस् ।

शारीरिक व्यायाम

बच्चाको विकास सही ढंगले होस्, त्यसका लागि उनीहरुलाई बाहिरी क्रियाकलापहरुका लागि पनि प्रोत्साहित गर्नुहोस् । अभिभावक आफै पनि बच्चासँग फुटबल, क्रिकेट, स्विमिंग, साइकिलिंग जस्ता क्रियाकलापहरु गर्न सक्नुहुन्छ ।

रोल मोडल बन्नुहोस्

बच्चा सबैभन्दा धेरै आफ्नो वरिपरिका व्यक्तिलाई देखेर सिक्ने गर्छन् । त्यसैले तपाईं त्यस्तै बन्ने कोसिस गर्नुहोस् जस्तो तपाईं आफ्नो बच्चालाई देख्न चाहनुहुन्छ । उनीहरुका अगाडि कुनै पनि गलत काम वा कुरा नगर्नुहोस् जसले उनीहरुको दिमागमा गलत असर परोस् ।

जिंक

बच्चाको विकासका लागि जिंक नामक खनिजको एकदमै धेरै योगदान हुन्छ । आफ्नो बच्चालाई मूंगफली र फर्सीका बीज जस्ता जिंकयुक्त खाना खुवाउनुहोस् । यसले उनीहरुको उचाई बढ्नुका साथै उनीहरुलाई भित्रैदेखि बलियो पनि बनाउँछ ।

डोरी खेल्ने

बच्चाको उचाई बढाउनका लागि स्किपिंग यानिकी रस्सी कुद्नु पनि एकदमै फाइदाजनक हुन्छ । यसक्रममा सम्पूर्ण शरीरको स्टे«चिंग हुन्छ जसले बच्चा क्रियाशील र स्वस्थ रहन्छ ।

निद्रा

बच्चाको सम्पूर्ण विकासका लागि राम्रो निद्रा एकदमै जरुरी हुन्छ । बच्चा स्वस्थ र बलियो बनाइरहनका लागि दैनिक ८ देखि १० घण्टाको निद्रा जरुर लिनु पर्दछ । सुत्दा बच्चामा निद्राको हर्मोन, एचजीएच को श्राव हुन्छ जसले बच्चाको कद बढाउन सहयोग गर्छ ।

Back to top