×

दाँत पहेँलो हुँदा कहिलेकाँही लजास्पद अवस्था पनि सिर्जना हुन्छ । यो समस्या एउटा विशेष भिटामिनको कमीले पनि हुन सक्छ । यस लेखमा यही विषयमा विस्तारमा जान्ने कोसिस गर्नेछौं ।

दाँतसँग जोडिएका समस्या हुनुका पछाडि प्रमुख कारण शरीरमा हुने भिटामिन डीको कमी हुन सक्छ । स्वस्थ तथा बलियो दाँतका लागि शरीरमा भरपूर मात्रामा भिटामिन डी हुनु जरुरी हुन्छ । यसले गिजा सुन्निने तथा दुख्ने समस्या हुन सक्छ ।

भिटामिन डीको कमीलाई पूरा गर्नका लागि तपाईं सोया मिल्कको सेवन गर्न सक्नुहुन्छ । यसमा भिटामिन डी र क्याल्सियमको गुण भरपूर मात्रामा पाइन्छ । त्यस्तै यसका लागि तपाईं बिहान चाँडै उठेर केहीबेर घाम पनि ताप्नुपर्ने हुन्छ । ट्यानिंगबाट बच्नका लागि भने धेरैबेर घाममा नबस्नुहोस् ।

भिटामिन डी पाइने अन्डाको सेवनले पनि तपाईंका दाँतसँग जोडिएका समस्याबाट छुट्कारा पाउन सकिन्छ । साथमा यसले हड्डीलाई पनि बलियो बनाउँछ । दहीमा भिटामिन ए, डी का साथमा प्रोटिन तथा क्याल्सियम पनि भरपूर मात्रामा पाइन्छ । यसले दाँतलाई स्वस्थ राख्नुका साथै पाचनसँग जोडिएका समस्या पनि कम हुन्छन् ।

त्यस्तै तपाईं दाँतका लागि दैनिक रातमा सुत्नुअघि बदाम राखेको दुध पिउन पनि सक्नुहुन्छ । यसमा पाइने भिटामिन डी र क्याल्सियमका गुणले दाँतलाई स्वस्थ तथा बलियो राख्ने काम गर्छ । साथमा दाँतको पहेंलोपनि पनि कम हुँदै जानेछ ।

Back to top