×

मुटुका विरामीहरुले आफ्नो खानपानमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । राम्रो खानपानले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यस्तोमा यदी तपाईं मुटुको विरामी हुनुहुन्छ भने केही चीजहरुको सेवन एकदमै बन्द गर्नुपर्दछ । किनकी मुटुको विरामीले यस्ता चीजहरुको सेवन गर्दा हृदय घातको समस्या कैयौं गुणाले बढेर जान्छ ।
नुन
नुनको अत्यधिक सेवन गर्नाले रक्तचाप बढ्न थाल्छ । रक्तचाप बढेपछि मुटुसम्बन्धी विमारी पनि बढ्न थाल्छ । त्यसैले यदी मुटुलाई स्वस्था राख्न छ भने भोजनमा धेरै नुनको सेवन नगर्नुहोस् ।
मैदा
मैदाले कोलेस्ट्रोलको मात्रालाई बढाउँछ । शरीरमा कोलेस्ट्रोलका मात्रा बढ्दा हृदय घातको खतरा बढेर जान्छ । यस्तोमा बे्रड, बर्गर, पिज्जा, चाउमिन जस्ता चीजहरुको सेवन गर्नु हुँदैन ।
चियाकफी
चिया र कफीले मुटुसम्बन्धी रोगहरुलाई बढाउन सहयोग गर्छ । अत्यधिक मात्रामा चिया वा कफी पिउँदा शरीरमा रक्तचाप बढ्दछ । यसले लिवरको कामलाई पनि धिमा गराउँछ । जसले गर्दा हृदयघातको समस्या बढ्न सक्छ ।
बेक्ड फुड
मुटुलाई स्वस्थ राख्नका लागि केक, बे्रड, बिस्कुट, चिप्स आदि जस्ता बेक्ड गरिएका खानाहरुको पनि सेवन गर्नु हुँदैन । यसमा मैदा र चिनीको धेरै नै प्रयोग गरिएको हुन्छ जो मुटुका लागि एकदमै हानिकारक हुन्छ ।
चिनी
मुटुका विरामीहरुले गुलियो चिजहरु खानबाट पनि बच्नु पर्छ । चिनीले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जो मुटुका लागि खतरनाक हुन सक्छ ।

Back to top