भुजा एउटा सजिलो र स्वादिष्ट नास्तामा पर्छ । धेरैले यसलाई ‘टाइम पास’ का लागि पनि खाने गर्छन् । तर, यसका फाइदा जान्नुभयो भने तपाईंले पनि नियमित सेवन गर्नुहुनेछ ।
पोषक तत्व
भुजामा प्रोटिन, आइरन, पोटाशियम, फ्याट, ऊर्जा, कार्बोहाइड्रेट जस्ता पोषक तत्व पाइन्छन् । यसमा भिटामिन बी, मिनरल्स तथा क्याल्सियम पनि पाइन्छ ।
तौल
अहिलेको समयमा मोटोपनको समस्या धेरैलाई छ । यदि तपाईं पनि तौल कम गर्न चाहनुहुन्छ भने भुजालाई आफ्नो खानपानमा समावेश गराउनुहोस् । यसमा क्यालोरीको मात्रा कम हुन्छ जसले गर्दा तौल कम गर्न सकिन्छ ।
रोग प्रतिरोधक
भुजा खाएर तपाईं आफ्नो रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सक्नुहुन्छ । भुजाभित्र भिटामिन, मिनरल्स तथा फाइटोकेमिकल्स पाइन्छन् । यी सबैले इम्यूनिटी बलियो बनाउँछन् ।
पाचन प्रणाली
यदि तपाईं पाचन सम्बन्धी समस्याले ग्रस्त हुनुहुन्छ भने भुजा खानु फाइदाजनक हुन सक्छ । यसमा फाइबरको मात्रा राम्रो पाइन्छ जसले पाचन प्रणालीलाई सुधार्ने काम गर्छ ।
हड्डी बलियो
यदि तपाईं आफ्नो हड्डी बलियो बनाउन चाहनुहुन्छ भने पनि भुजा खानु राम्रो हुन सक्छ । यसभित्र क्याल्सियम र पोटाशियमको मात्रा पनि हुने भएकाले हड्डीलाई फाइदा गर्छ ।
सेवन गर्ने तरिका
भुजाको सेवन धेरै प्रकारले गर्न सकिन्छ । यसलाई चटपटे बनाएर खान सकिन्छ । त्यसरी नै यो दुध वा चियासँग पनि खान सकिन्छ । साथमा मासु वा कुनै तरकारीसँग पनि यसलाई खान सकिन्छ । यसलाई पोहा बनाएर अन्डासँग पनि खान सकिन्छ ।