×

आज हामी तपाईंलाई लामो समय गहुँमा घुन नलाग्ने उपाय बताउने छौं । यी उपाय अपनाएर घरमै गहुँ लामो समय टिकाउन सक्नुहुन्छ ।

गहुँमा घुन लाग्नुको एउटा कारण त्यसलाई सही ढंगले नसुकाउनु हो । जहिले पनि तपाईं गहुँ स्टोर गरेर राख्नु अघि राम्रोसँग घाममा सुकाउनुहोस् ।

गहुँलाई स्टोर गर्दा जहिले पनि सफा एवं सुख्खा बोरा वा भाँडोको प्रयोग गर्नुहोस् । सफा तथा सुख्खा भाँडोमा राख्दा गहुँमा घुनको असर कम हुन्छ ।

गहुँलाई कोठाको जुन स्थानमा राख्नुहुन्छ त्यो पनि सफा तथा सुख्खा हुन एकदमै जरुरी हुन्छ । यसले गहुँ छिटो खराब हुँदैन ।

गहुँ भएको बोरा वा भाँडोलाई सिधा जमिनमा नराख्नुहोस् । त्यसलाई जहिले पनि कुनै अग्लो स्थान वा जमिन भन्दा माथि राख्नुहोस् ।

यदि लामो समय राख्ने हो भने जानकारको सल्लाह लिएर कुनै औषधि पनि प्रयोग गर्न सकिन्छ ।

लसुनको कडा गन्धले घुन तथा किरा अनाजको नजिक पर्दैनन् । यस्तोमा गहुँलाई स्टोर गर्ने क्रममा लसुनलाई पनि एउटा डब्बामा साथमै राख्नुहोस् ।

गहुँ स्टोर गर्ने स्थानमा पहिला नीमको पात पनि राख्न सक्नुहुन्छ । यसले गहुँ लामो समयसम्म खराब हुँदैन र घुन पनि लाग्दैन ।

Back to top