उखुको जुसमा उच्च मात्रामा ग्लुकोज हुन्छ जुन् शरीरलाई हरपल आवश्यक पर्छ । उखुको जुस खाँदा तत्काल शरीर ऊर्जाशील हुन्छ ।
–उखुको रसमा क्याल्सियम क्रोमियम कोबाल्ट म्याग्नेसियम फस्पोरस पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ यी तत्वले प्रोस्टेट र स्तन क्यान्सरबाट बचाउँछ ।
–उखुको रसबाट छालालाई आवश्यक पर्ने अल्फा हाइड्राक्सी एसिड प्रयाप्त हुन्छ जसले छालामा आउने डण्डीफोर लगायतका समस्याबाट मुक्ति मिल्छ ।
–उखुको रसमा प्रशस्सत प्रोटिन हुन्छ यसलाई नरिवलको पानीमा मिलाएर पिउँदा युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट मुक्ति पाउन सकिन्छ ।
–उखुको रसमा एंटीआक्सीडेट्सको मात्रा उच्च हुन्छ जसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी हुन्छ । उखुको रसमा हुने पोटासियमले पाचन प्रणाली पनि राम्रो हुन्छ ।
–उखुको रसमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाँत बलियो बनाउँछ यसले दाँतलाई चम्किलो बनाइदिन्छ ।
–उखुको रसको सेवनले नङलाई पनि सुन्दर बनाउँछ । यसले नङमा हुने दाग धब्बा हटाउन सघाउँछ ।
–उखुको रसमा हुने खनिजको मात्राले शरीरमा ऊर्जा कायम राख्छ र यसले छालालाई जवान देखाउन पनि सहयोग गर्छ । उँखुको रसले छालामा आवश्यक पर्ने नुनको मात्रा कायम राख्ने हुँदा छाला जवान हुन्छ ।
–उखुको रसमा प्रोटिनको मात्रा उच्च हुन्छ यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट पनि बचाउँछ ।