×

लामो दुरीको सम्बन्धमा रहेका व्यक्तिले जानीनजानी यस्ता गल्ती  गर्छन् जसले उनीहरुको सम्बन्धमा दरार आउन सक्छ ।

लामो दुरीको सम्बन्धलाई सधै राम्रो बनाइराख्नका लागि विश्वास सबैभन्दा ठूलो कडी हो । त्यस्तै केही कुरा ख्याल राखेमा लामो दुरीको सम्बन्ध प्रगाढ भइरहन सक्छ ।

लामो दुरीको सम्बन्धमा भएर आफ्नो साथीलाई धेरै नै लामो पर्खाइमा भने नराख्नुहोस् । एकअर्कासँग जोडिइराख्नका लागि केहीबेरको समयमा कुरा गरिराख्ने गर्नुहोस् ।

कयौंपटक आफ्नो साथीलाई अरुसँग तुलना गर्ने बानी हुन्छ जसले गर्दा साथीलाई दुःख लाग्न सक्छ । कहिल्यै पनि आफ्नो साथीलाई अन्यसँग तुलना नगर्नुहोस् ।

यदि तपाईं लामो दुरीको सम्बन्धमा हुनुहुन्छ भने पनि साथीसँग कहिल्यै झुठो कुरा नबोल्नुहोस् । साथी नजिक नभएकाले थाहा हुँदैन भन्ने तरिकाले झुठ बोल्ने बानीले समस्या निम्त्याउन सक्छ ।

लामो दुरीको सम्बन्धमा धेरैले गर्ने गल्ती भनेको एउटा शंका पनि हो । टाढा छ भनेर आफ्नो साथीप्रति हरेक कुरामा शंका गर्नु पनि राम्रो हुँदैन । यसले सम्बन्धमा अविश्वास पैदा गर्न थाल्छ ।

लामो दुरीको सम्बन्धमा एकअर्कासँग जोडिइरहनु सबैभन्दा महत्वपूर्ण छ । त्यसैले हरेक कुरा आफ्नो पार्टनर वा साथीसँग शेयर गर्नुहोस् । यसले विश्वास र प्रेम बढ्छ ।

लामो दुरीको सम्बन्धमा कम्युनिकेशन भनेको अक्सीजन जस्तो हो । जहिलेसम्म कुराकानी भइरहन्छ सम्बन्ध जीवित रहिरहन्छ । त्यसैले कुराकानीमा कमी हुन नदिनुहोस् ।

Back to top